युकेमा गोर्खाहरुको घरमा चोरी गर्ने धमाधम पक्राउ पर्दै,चोरीमा सङ्लग्न नेपाली पक्राउ ।

Read Time:3 Minute, 18 Second

रोशन मेवाहाङ्ग- लण्डन, 

केन्ट फोक्सटनस्थित दोस्रो गोर्खा रेजिमेन्टमा कार्यरत डोभर निवासी गुरुङ्ग परिवारको घर फुटाई सुन तथा बहुमूल्य वस्तु चोरी गर्न लाग्दा चोरहरु असफल भएका छन् । वेलायतमा विशेषगरी ठुलो संख्यामा नेपाली समुदाय बस्ने अल्डरसट,रिडिङ्ग, स्विन्डन, आश्फोड र फोक्सटन लगायतका स्थानलाई निशाना बनाएर चोरीका घट्ना बढेको पीडितहरुले बताएका छन् । गत महिनामात्र अल्डरसट, स्विन्डन, आश्फोड र फोक्स्टमा बसोवास गरेका नेपालीहरुको घरबाट करोडौंको सम्पत्ति लुटिएको बताइएको छ ।

चोरी हुने क्रम बढदो रहेपनि बेलायतका प्रहरीले यस्ता घटनाप्रति लामो प्रक्रिया हुने भएकोले तत्कालै क्षेतिपुर्ति पिडितले नपाईरहेको गुनासो गरिरहेका छन् । स्रोतका अनुसार घटनामा विदेशी नागरिक रहेपनि मुख्य सुराकी नेपाली नागरिककै संलग्नता रहेको केहि गोर्खा सैनिकहरुले जानकारी दिएका छन् । नाम नखुलाउने सर्तमा गोर्खा बटालियनमा कार्यरत एक सिनियर नन् कमिसनर अफिसरले भने -‘मुख्य योजनाकार सुराकी पूर्व गोर्खा सैनिकहरुनै रहेको र एक जना गत साल समातिएर बेलायती जेलमा जेल जीवन विताईरहेका छन् । अरु योजनाकारहरुलाई पनि चाडै समात्छौ र जेल चलान गछौ । त्यसपछि त्यस्ता चोरीमा संलग्न रहेका नेपाली चोरहरुलाई वेलायतको भिषा खारेज गर्दै काठमाण्डौं नख्खु जेल चलान गछौ ।’

गत साता मात्र अल्डरसट निवासी बर्ष २६ को मनिष शाहिलाई अल्डरसट प्रहरी वृतले चोरी गरिरहेको अवस्थामा पक्राउ गरी हिरासतमा राखेको प्रहरी वृतले जानकारी दिएका छन् । चोरको उपाधि पाएका मनिष केहि बर्ष अघि नेपालबाट स्नातकको अध्ययन गर्न बेलायत आएका थिए । मनिषले आवसीय भिषा पाईसकेकी एक गोर्खा परिवारको छोरीसँग विवाह गरेपनि उनको व्यावहार वाहिर आउन थालेपछि ससुरालीले गलत्याएर ससुराली घरबाट निकालिएको अल्डरसट निवासी सनद गुरुङ्गले जानकारी दिएका छन् ।

डोभर समुदायमा राम्रो सम्बन्ध भएका कारण सुन चोरको सपना असफल भएको डोभर निवासीहरुले दावि गरेका छन् । उनिहरुले भने-‘हामी दिन र रातमा डोभर समुदायमा धराप थाप्न सुरुवात गरिसक्यौ र केहि त्यस्ता शंकापुर्ण कार्य कसैले देखेको खण्डमा समुदायका जो कोहिले संन्जालमा जानकारी गराईहाल्छौ ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %