सनु थापा मगर
बुटवल । नेपाल आदिवासी जनजाति महासंघ तिलोत्तमा नगर समन्वय समितिलेआयोजना गरेको युवाहरुका लागि निशुल्क तीन महिने ईण्डस्ट्रियल थ्री फेज वाईरीङ सिप मूलक तालिममा बीस जना युवाहरुले सफलता पूर्वक तालिम सम्पन्न गरेका छन् ।
तालिम पुरा गरेको अवसरमा संस्थाका अध्यक्ष शंकर गाहामगरको अध्यक्षतामा मंगलबार बुटवलमा आयोजित तालिम समापन कार्यक्रममा बोल्दै प्रमूख अतिथि तिलोत्तमा नगरपालीकाका कार्यकारी प्रमूख मोहन पौडेलले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्नुपर्ने बताए । सो अवसरमा जयन टेक्निकलका सञ्चालक नर्मती थापा, संस्थाका सल्लाहाकार यानु पून, नेपाल मगर संघका जिल्ला अध्यक्ष गीता सारु, कुमाल समाजका तिनपा अध्यक्ष गोविन्द कुमाल, नेवा पुचःका निर्मल श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम सहसचिव खुम थापाको स्वागत तथा सचिव चित्रप्रसाद गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो । तालिम नेपाल सरकार तिलोत्तमा नगरको आर्थिक सहयोग तथा जयन टेक्निकल ईन्स्टिच्युट बुटवलको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।
