गोविन्द घर्ती
जेठ ७ । युवा साहित्यकार निर्मल ढुंगानाको कथा संग्रह वतासाको रुपन्देहीको देवदहमा विमोचन भएको छ ।
विगत लामो समय देखि साहित्य क्षेत्रमा कलम चलाउदै आउनु भएका युवा साहित्यकार ढुंगानाको कथा संग्रह बतासाको एक कार्यक्रमका वीच विमाचन गरिएको हो । रोटरी क्लव अफ देवदहको आयोजनामा लेखक तथा प्राध्यापक हरिहर पौडेलले एक कार्यक्रमका वीच उक्त कथा संग्रह बतासाको विमोचन गर्नु भएको हो ।
विमोचन कार्यक्रममा साहित्यकार यज्ञप्रसाद न्यौपाने र समिर सायरले कथा संग्रह बतासाको समिक्षा गर्नु भएको थियो । सो अवसरमा बोल्ने वक्ताहरुले साहित्यको माध्यमबाट समाज रुपान्तरण गर्न सकिनेमा जोड दिएक थिए । अहिलेको अवस्थामा साहित्य प्रति युवाहरुको लगाव बढिरहेको बताउदै साहित्यको संरक्षण र सम्वद्र्धन गर्न सवै आ–आफनो ठाउबाट लाग्नु पर्नेमा जोड दिएका थिए ।
रोटरी क्लव अफ देवदहका अध्यक्ष जयकिशन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लेखक तथा प्राध्यापक हरीहर पौडेल, देवदह नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपाल, सुमन घिमिरे, डा. धनश्याम न्यौपाने, डा वावुराम ज्ञवाली, धनराज गिरी, साहित्यकार निर्मल ढुंगाना लगायतले आ–आफना भनाई राख्नु भएको थियो । रोटरी क्लव अफ देवदहका सल्लाहकार कृष्णप्रसाद पौडेलको स्वागत र गणेश डुम्रेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।