गोविन्द घर्ती

जेठ ८ । अनियमित लोडसेडिङ्ग र विद्युत ट्रिपिङ्ग भएको भन्दै रुपन्देहीको देवदहका स्थानीयवासीहरु आक्रोसितद्धारा आक्रोसित पोखेका छन् ।
देवदह क्षेत्रमा अनियमित लोडसेडिङ्ग गरेको र विद्युत आएको समयमा समेत पटक पटक ट्रिपिङ्ग भएको भन्दै स्थानीयवासीहरु आक्रोसित बनेका हुन । अनियमित लोडसेडिङ्ग र ट्रिपिङ्गको समस्या तत्काल हटाउनु पर्ने भन्दै स्थानीयवासीहरुद्धारा देवदहको शितलनगर विद्युत कार्यालयमा गई आक्रोसित पोखेका कुन । विद्युत प्राधिकरणले देशभर लोडसेडिङ्गको अन्त्य भएको घोषणा गरेपनि रुपन्देहीको देवदह क्षेत्रमा भने अनियमित लोडसेडिङ्ग र विद्युत ट्रिपिङ्गका कारण समस्या भोग्न वाध्य भएक छन् । विद्युत ट्रिपिङ्गका कारण आफुहरुको फ्रिज, टेलिभिजन, पंखा, राईसकुकर जस्ता विद्युतीय सामाग्रीहरु विग्रेको स्थानीयवासीहरुको भनाई रहेको छ । साझको समयमा २ घण्टा अनियमित लोडसेडिङ्ग गरेको र विद्युत आएको समयमा समेत ट्रिपिङ्ग हुनेगरेको भन्दै स्थानीयवासीहरुले विद्युत कार्यालय भेराउ गरेको हो । विद्युत कार्यालयमा पटक पटक यस विषमा ध्यानकर्षण गराए पनि वेवास्ता गर्दै आईरहेको स्थानीयवासीहरुको आरोप रहेको छ । अनियमित लोडसेडिङ्ग र ट्रिपिङ्गको समस्या तत्काल समाधान नगरे कडा आन्दोलन गर्ने स्थानीयवासीहरुले चेतावनी दिएका छन् ।

यता खैरेनी वितरण केन्द्रका प्रमुख ज्ञानप्रसाद खनालले ट्रान्सर्फमले लोड धान्न नसक्दा साझको समयमा २ घण्टा लोडसेडिङ्ग गर्नु परेको र विद्युत ट्रिपिङ्ग हुने गरेको बताउनु हुन्छ । खैरेनी देखि भलुही, नवलपरासीको अस्नैया, ८ नम्वर क्षेत्रमा समेत विद्युत आपूर्ति गर्नु परेको भन्दै विद्युत आएको समयमा समेत लोड धान्न नसक्दा विद्युत ट्रिपिङ्ग हुने गरेको बताउनु हुन्छ । स्थानीयवासीहरुले विद्युत कार्यालय घेराउ गरेपछि बुटवल वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले स्थानीयवासी संग ४ दिन भित्र समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

स्थानीयवासी, राजनैतिक दलका प्रतिनिधिहरु संग लिखित रुपमा ४ दिन भित्र देवदहको समस्या समाधान गर्नेगरी प्रमुख मिश्रले लिखित प्रतिवद्धता जनाउनु भएको हो । देवदहबाट नवलपरासीको केही भागमा आपूर्ति गरिरहेको विद्युत अव बर्दघाटबाट व्यवस्था गर्ने मिलाई देवदह क्षेत्रको समस्या समाधान गर्ने लिखित प्रतिवद्धता जनाउनु भएको छ । प्रमुख मिश्रले देवदह क्षेत्रको यो समस्याको समाधान गर्न विद्युत कार्यालय लागिरहेको बताउदै यसको लागि स्थानीयवासीले समेत सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।
