लिम्वुवानबाट जनमुक्तिले २ सयले जित्ने

Read Time:6 Minute, 17 Second

सन्तवीर लामा

Image may contain: 2 people, people sitting

धनकुटा – राष्ट्रिय जनमुक्ति पार्टीले अरुणपुर्वको ९ जिल्लामा आगामी जेष्ठ ३१ गते हुन गैरहेको स्थानिय तहको निर्वाचनमा पहिचानवादीहरुसंग मिलेर चुनाव चिन्ह घर मार्फत लिम्वुवानी जनता माँझ चुनाव लड्ने निर्णय गरेको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीको आयोजना र लिम्वुवान राज्य परिषद निर्वाचन परिचालन समितिको स्थानिय व्यावस्थापनमा सनिवार सुनसरीको धरानमा सम्पन्न विशेष वैठकले पार्टीले चुनाव चिन्ह घर लिएर पहिचानवादीहरुसंग मिलेर चुनाव लड्ने निर्णय गरेको हो । निर्वाचन परिचालन समितिको विशेष वैठकमा लिम्वुवान भित्रका ९ जिल्लाका राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्षहरु, जिल्ला इन्चार्जहरु, लिम्वुवान राज्य परिषदका पदाधिकारीहरु र सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

पार्टीका संस्थापक नेता रामहवहादुर तुम्वाहाम्फेको प्रमुख अतिथ्यमा सम्पन्न निर्वाचन परिचालन समितिको विशेष वैठकमा हालसम्मको उम्मेदवार छनौट वा तयारी, वैकल्पीक उम्मेद्धवारको व्यावस्था, प्रस्तावक र समर्थकहरुको फारम भर्ने, मतदाता नामवली अपडेट गर्ने, उम्मेद्धवारलाई आवश्याक पर्ने सवै प्रकारको फारमहरु तयार गर्नको लागी अरुण पुर्वको ९ वटै जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क समन्वय गरी निर्वाचनको आवश्याक तयारी गर्ने लगायतको विषयमा व्यापक छलफल गरिएको लिम्वुवान राज्य परिषदका अध्यक्ष अम्वर वहादुर पन्धाकले वताएका छन् ।

Image may contain: 1 person, sitting and indoor

त्यसैगरी सो छलफलमा आचार सहिंतालाई ख्याल गर्दै जनजागरण अभियानको रुपमा चुनाव प्रचार प्रसारमा आक्रमक र र प्रचाररात्मक ढंगले अघि वढाउने, उम्मेद्धवारको सुरक्षाको लागी प्रवन्ध गर्ने, नमुना मतपत्र तयार गर्ने, मत मतपत्र प्रयोग गर्दा पार्टीको चुनाव चिन्ह घरमा स्वास्तिक चिन्ह प्रयोग गर्ने, निर्वाचन जनजागरणसभा जनमुक्ति गित वजाउने, चुनावी समिकरण तालमेल अवस्था हेरेर पार्टीको हितमा गर्ने र दुई वा दुई भन्दा वढी दलहरु एउटै चुनाव चिन्हमा भाग लिन सक्ने कानुनी व्यावस्था भएकाले पार्टीको चुनाव चिन्ह “घर” संगै मतदानमा जान सकिने संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्वुवान मञ्च, संघिय लिम्वुवान पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी लगायतलाई कार्यगत एकता गर्न पार्टीले छलफलको लागी ढोका खुल्ला राख्ने समेत विशेष वैठकले निर्णय गरिएको वैठकमा सहभागी धनकुटा जिल्ला अध्यक्ष सविला मोक्तान तामाङले वताएका छन् ।

साथै, वैठकले आगमी जेष्ठ १० गतेसम्ममा जिल्ला जिल्लाले स्थानिय निर्वाचनको तयारी सम्वन्धि प्रगती विवरण केन्द्रिय निर्वाचन परिचालन समितिको संयोजकलाई वुझाउनु पर्ने वताइएको छ । वैठकले लिम्वुवानको ९ जिल्लामा १ सय ८१ स्थानमा चुनाव जिताउने समेत रणनीति तय गरेको जनाइएको छ ।

Image may contain: 4 people, people sitting, hat and indoor

पार्टीका केन्द्रिय उपाध्यक्ष मिना पन्धाक लिम्वुको अध्यक्षतामा सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टी लिम्वुवान राज्य परिषदको निर्वाचन परिचालन समितिको विशेष वैठकमा पार्टीका संघिय परिषद उपाध्यक्ष चन्द्र खापुङ्ग लिम्वु, प्रशिक्षण विभाग प्रमुख मोहन धिमाल, सुनसरी जिल्ला अध्यक्ष विवेक राई, मोरङ्ग सचिव युवाराज लावती, झापा जिल्ला इन्चार्ज भवानी सेत्लिङ, संखुवासभा जिल्ला संयोजक एवं पार्टीका संघिय परिषद सदस्य डिल्ली याखा, धनकुटा जिल्ला अध्यक्ष सविला मोक्तान तामाङ, तेह्रथुम जिल्ला इन्चार्ज राजेन्द्र सेरेङ, पाँस्थर जिल्ला इन्चार्ज एवं संघिय परिषद सदस्य अग्नी तुम्वापो, ताप्लेजुङ जिल्ला इन्चार्ज एवं संघिय परिषद प्रकास याङ्गदेन, धनकुटा जिल्लाका निर्वाचन परिचालन समितिका जिल्ला संयोजक एवं पार्टी संघिय परिषद सदस्य लोक आङ्गला, संघिय परिषद सदस्य रमेश गजमेर, लिम्वुवान राज्य परिषदका कोषाध्यक्ष पुर्णकला लिम्वु लगायतले स्थानिय निर्वाचनलाई पार्टीले सक्दो उपयोग गरेर जानु पर्नेमा जोड दिईएको छ । सो अवसरमा उनीहरुले स्थानिय निर्वाचनको सन्दर्भमा जिल्लामा हालसम्म भएको प्रगती प्रतिवेदन समेत प्रश्तुत् गरिएको थियो । कार्यक्रमको संचालन पार्टी केन्द्रिय सचिव पदम जवेगुले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %