बुद्ध सामुदायिक वन क्षेत्र भित्र अवैध हतियार बरामद

Read Time:2 Minute, 0 Second

गोविन्द घर्ती

बैषाख ३१ । बुद्ध सामुदायिक वन क्षेत्र भित्र अवैध हतियार बरामद भएको छ ।

सामुदायिक वन क्षेत्रभित्र गस्ती गर्ने क्रममा उक्त अवेध हतियार फेला परेको हो । सामुदायिक वनका कर्मचारीहरु गस्ती गर्नेक्रममा वनको गैराखोलामा लावरिसे अवस्थामा भरुवा वन्दुक फेला परेको बुद्ध सामुदायिक वनका अध्यक्ष टेकबहादुर रानाले बताउनु भयो । जंगलमा फेला परेको अवैध भरुवा बन्दुक देवदह प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरिक्षक सुरज कार्कीलाई हस्तान्तरण गरिएको छ ।

जिल्ला वन कार्यालय रुपन्देहीका अधिकृत रोमराज लामिछाने, सेक्टर वन कार्यालय शितलनगरका सहयाक वन अधिकृत सतेन्द्र नारायण सिंहको रोहवरमा बुद्ध सामुदायिक वनका अध्यक्ष टेकबहादुर रानाले प्रहरी निरिक्षक कार्कीलाई उक्त अवैध भरुवा बन्दुक हस्तान्तरण गरेको हो । सामुदायिक वनका कर्मचारीहरुलाई देखेपछि वन्दुक घोलामा फालेर आफुहरु भागेको सामुदायिक वनले जनाएको छ ।

जंगलमा सिकार खेल्ने क्रममा वनका कर्मचारीहरु देखेपछि वन्दुक छोडेर भागेको हुन सक्ने प्रहरी निरिक्षक कार्कीले बताउनु भयो । वैधानिक वा अवैधानिक हो भन्ने कुरा अनुसन्धानबाट मात्र थाहा हुने र सोको लागि प्रहरीले अनुसन्धान गर्ने प्रहरी निरिक्षक कार्कीले बताउनु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %