संजय सिंजाली मगर

काठमाण्डों – ललीतपुर मगर समाज सेवा केन्द्र हलमा २५६१औं बुद्ध जयन्ती सम्पन्न भएको छ ।
कार्यक्रमको सुरुवात बिहान नौ बजेबाट सञ्चालन भएको थियो भने दिउसो २ बजे पूजा आज गरि सकिएको थियो ।
कार्यक्रमको अध्यक्षता क्या. देउ बहादुर राना मगरले गर्नु भएको थियो भने सन्चालन सल्लाहाकार राधा बुढाथोकी मगर गर्नुभएको थियो । त्यस्तै अतिथीहरुमा नेपाल मगर संघका पूर्व संस्थापक सदस्य तथा इतिहासबिद् एम.एस थापा मगर, बुद्ध दर्शन ज्ञाता अभियान्त शाक्या सुरेन, बौद्ध बौद्धिक परिषदका अध्यक्ष मन बहादुर थापा मगर, नेपाल मगर बुद्ध सेवा समाज पूर्व केन्द्रिय सचिव एम बहादुर झेडी मगर, जनरल श्याम थापा मगर हुनुहुन्थ्यो ।
उक्त दिन भगवान बुद्धको दर्शन गर्ने समाजका बिशेष व्यक्तिहरु उपस्थित रहेका थिए । बौद्ध भगवानको आर्जन ज्ञानहरु लाई श्रद्धय भन्ते पाभूतो द्धवारा प्रबचन गर्नु भएको थियो ।
{facebook}1270247196358139{/facebook}
फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।
नेपाल मगर बुद्ध सेवा समाजले २५६१ ओं बुद्ध जयन्ती मनाएको फोटो झलक.
