सचिव गुरुङलाई मिलन फाउण्डेशनको बधाई

Read Time:1 Minute, 46 Second

रूद्र श्रीसमगर

Image may contain: 8 people, people smiling, people standing and indoor

कुश्मा, वैशाख २७ – मिलन फाउण्डेशन नेपालका सचिव खडकबहादुर गुरुङ ‘मदन’लाई गत हप्ता जर्मनीको म्युनिखमा आयोजित कार्यक्रममा ‘इन्स्ट्रक्टर अफ द इयर अवार्ड’बाट सम्मानित भएकोमा फाउण्डेशनले बधाई ज्ञापन गरेको छ ।

राष्ट्रिय तेक्वान्दो युनियन नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका गुरुङलाई मंगलबार पर्वतको कुश्मास्थित फाउण्डेशनको कार्यालयमा बधाई ज्ञापनसँगै सम्मान गरिएको हो । सो अवसरमा फाउण्डेशनका कार्यवाहक अध्यक्ष देवी गुरुङले बधाई ज्ञापनपत्र एवं मायाको चिनो तथा खादा र फूलमालाले सचिव गुरुङलाई सम्मान गर्नुभयो ।
 
सचिव गुरुङलाई फाउण्डेशनका सह–सचिव कमल थापा, कोषाध्यक्ष देउकी सिंजाली ‘दिपिका’, कार्यकारिणी सदस्य गौरी गुरुङ र प्रचार–प्रसार संयोजक रूद्रबहादुर श्रीसले समेत खादा र अबिर लगाएर बधाई दिनुभएको थियो । बधाई ग्रहणपछि बोल्दै सचिव गुरुङले आफूले तेक्वान्दो खेलका लागि दिएको योगदानको कदर गरिएकोमा खुशी लागेको बताउनुभयो । फाउण्डेशनका तर्फबाट आफूलाई प्राप्त सम्मान र साथले आगामी दिनमा अझै अघि बढ्ने हौसला प्राप्त भएको सचिव गुरुङको भनाइ थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %