२५६१ औ बुद्धजयन्तीको अवसरमा रुपन्देहीको पानवारीमा बौद्ध गुम्वा उद्घाटन

Read Time:3 Minute, 24 Second

गोविन्द घर्ती

Image may contain: 8 people, people sitting and wedding


बैषाख २७ । २५६१ औ बुद्धजयन्तीको अवसरमा रुपन्देहीको देवदह–५, पानवारीमा बौद्ध गुम्वा उद्घाटन गरिएको छ ।

नेपाल मगर संघ देवदह–५, वडा समितिको पहलमा निर्माण गरिएको उक्त बौद्ध गुम्वा निर्माण गरिएको हो । करिव ११ लाखको लागतमा उक्त बौद्ध गुम्वा निर्माण गरिएको नेपाल मगर संघ वडा समितिले जनाएको छ । सो बौद्ध गुम्वा नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दलबहादुर विरकट्टा र प्रमुख चन्दादाता देवदह–५, निवासी टेकबहादुर थापाले एक कार्यक्रमका वीच संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

बौद्ध गुम्वा निर्माण गर्न स्थानीय वासी टेकबहादुर थापाले साढे ५ लाख सहयोग गर्नु भएको थियो । सो अवसरमा बोल्ने वक्ताहरुले गौतम बुद्धको मावली स्थल देवदहमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन बौद्ध गुम्वाले महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिएका थिए । उनीहरुले भगवान गौतम बुद्धको मावली स्थलमा अहिले सम्म बौद्धगुम्वा निर्माण हुन नसकिरहेको अवस्थामा नेपाल मगर संघले बौद्धगुम्वा निर्माण गरेर पर्यटकीय नगरी बनाउन सहयोग गरेकोमा धन्यवाद दिएका थिए । कार्यक्रमका वक्ताहरुले भगवान गौतम बुद्धको मावली देवदहलाई पर्यटकीय नगरीको रुपमा विकास गर्न ठाउ/ठाउमा बौद्ध गुम्वा निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

बौद्ध गुम्वा निर्माण समितिका अध्यक्ष केशर बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दलबहादुर विरकट्टा, नेपाल मगर संघ देवदहका नगर अध्यक्ष लालबहादुर दर्लामी, नेपाली काग्रेसका जिल्ला सदस्य दुर्गाबहादुर राना, नेपाल लोकतान्त्रिक मगर संघका जिल्ला अध्यक्ष पदम थापा, नेकपा माओवादी केन्द्र देवदह नगर कमिटीका सचिव मनकुमार कनौजे, राष्ट्रिय जनमुक्ति पार्टीका हरिबहादुर सारु, नेपाल मगर संघका वडा अध्यक्ष टेकबहादुर राना, संघका सल्लाहकार दलबहादुर पाईजा, समाजसेवी विजय गुरुङ्ग, बेलबहादुर गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

सोही अवसरमा बौद्ध गुम्वा निर्माण गर्न सहयोग गर्ने चन्दादाताहरुलाई समेत सम्मान गरिएको थियो । बौद्धगुम्वा निर्माण समितिका सचिव भविन्द्र थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %