कानुङ बचत तथा ऋण सहकारी संस्थाले नवौं स्थापना दिवस मनायो

Read Time:1 Minute, 57 Second

शोनु थापा


बुटवल,  बैसाख २५ – कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलले आफ्नो नवौं स्थापना दिवस आज सोमबार एक कार्यक्रम गरी मनाएको छ ।

सहकारीका अध्यक्ष जंग बहादुर श्रीसको अध्यक्षतामा बुटवलमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहकारी डिभीजन कार्यालय रुपन्देहीका प्रमुख नेत्र प्रसाद घिमिरेले सहकारीले पैसा मात्र संकलन गर्ने नभई आफ्ना शेयर सदस्यको आर्थिक उन्नतीमा जोड दिनु पर्ने बताउनु भयो । उहाँले सहकारीले साहु कहाँ ऋण माग्ने र ठगीने प्रचलनको अन्त्य गरेको बताउँदै सहकारी संञ्चालकहरुले सहकारीका सिद्धान्तलाई अवलम्वन गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा सहकारीका सल्लाहाकार मनेश राना, लेखा समिति सदस्य ठमी थापा, शेयर सदस्य शोनु थापा लगायतले बोल्नु भएको थियो । सो अवसरमा सहकारीले सबैभन्दा जेष्ठ महिला शेयर सदस्य रत्नमाया पुनलाई सम्मान गरेको छ । ७४ वर्षिय पुनलाई नगद र दोसल्लाले प्रमुख अतिथि घिमीरेले सम्मान गर्नु भएको थियो । त्यस्तै स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २० पोइन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रम सहकारीका उपाध्यक्ष टोप बहादुर थापाको स्वागत तथा सदस्य बेनप्रसाद थापाले सञ्चालन गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %