यसरी लाएको माया युट्युबमा सार्बजानिक(भिडियो सहित)

Read Time:2 Minute, 5 Second

नारायण भटराई


Image may contain: 6 people, text










पोखरा – संचारकर्मी नारायण भट्टराई र कुशुम क्षेत्रीको लोक दोहोरी गीत यसरी लाएको माया युट्युब मार्फत सार्बजानिक गरिएको छ ।

जुन गीतमा संचारकर्मी तथा गीतकार कमल अर्यालको शब्द सँगै गीतकार तथा गायक टेक नारायण चापागाईको लय सिर्जना रहेको छ । झण्डै आधा दर्जन गीतमा आवज भरी सकेका नारायण भट्टराई तथा कुसुम छेत्रीको संयुक्त प्रस्तुतीको रुपमा बजार भित्रीएको यस गीतमा बिक्रम चौहानको निर्देशन तथा बासु बरालको छायांकन मिलन बि.क.को सम्पादन रहेको छ भने अभिनय कमल अर्याल र अन्जली आधिकारीको रहेको छ ।

भिडियोमा एउटा भर्खरै बैबाहिक जिवनमा बाँधिएका जोडी पर्देशीनु पर्ने बध्यताले कती पिरोल्छ छुटिन कती गाह्रो हुन्छ भन्ने बिषयलाई यथार्थ उतार्न खोजिएको छ । उक्त गीत थ्री स्टार मिडियाले बजार ब्यबस्थापन गरेको छ ।

गीत को बिषय मा बोल्दै गायक भट्टराई भन्छन् – पहिलेका गीतमा भन्दा यो गीतमा सबै टिम नै बढि मेहेनतका साथ लागीएको छ । त्यसैले पनि यो गीतबाट धेरै आशाबादि छु । त्यस्तै गीतका मोडल तथा सर्जक अर्याल पनि निकै उत्साहित भएको र आशाबादी रहेको बताए । यता निर्देशक चौहान खुशी ब्यक्त गदै भन्छन् – मैले सोचेको भन्दा पनि टिपीकल बनेको छ यसरी लाएको माया । घाम पानि नभनेर सबै टिमले मेहेनत गरेका कारण यो गीत चल्नेमा कुनै शँका छैन ।

{youtube}https://youtu.be/qDo233qG4HU{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %