रेडियो सफलता

पोखरा – झिल्को नेपाल र बासना कला केन्द्रको आयोजनामा एक कार्यक्रमका बिच बासना कला केन्द्रका बिभिन्न बिधाका प्रशिक्षकहरुका साथै झिल्को नेपाल र बासना कला केन्द्र सँगै नजिकै रहेर हरेक प्रहरमा साथ दिनुहुने केहि ब्यक्तहरुलाई सम्मान गरिएको छ ।
सम्मान हुनेहरुमा चर्चित सञ्चारकर्मी एवम् प्रशिक्षक नारायण भट्टराईका साथै प्रशिक्षकहरु माधव पौडेल, निरुता नेपाली, नोभेल गुरुङ, अरुण गुरुङ, अलेश गुरुङ, आशीष पौडेल, सुमन थापा, बिमल गायक हुनुहुन्थ्यो । कार्यक्रममा प्रशिक्षर्थीहरुको तर्फबाट पार्बती आचार्य, आशा राई, पदम बन्धु पोखरेल, सबिना पौडेल लगाएत एक दर्जन बढिले आफ्नो प्रतिभा प्रस्फुटन गर्नुभएको थियो ।
झम्कनाथ पौडेल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको समापन गर्दै बासना कला केन्द्रका सञ्चालक एबम् प्रशिक्षक मनोज बि.क. “भावुक”ले बासना कला केन्द्र कुनै एक बिधामा मात्र नभइ संगीत, नृत्य, बाध्यबाधन, संगीत संयोजन, रेडियो उद्घोषण तथा प्रस्तोता तालिम लगाएत बिभिन्न बिधाहरुमा प्रशिक्षण दिदै आइरहेको र आउन चाहाने जो कोहिलाई पनि कला केन्द्रको ढोका हरेक पल खुल्ला रहने बताउनुभयो । साथै बाताबरणको क्षेत्रमा छुट्टै पहिचान बनाएको झिल्को नेपाल सँग सहकार्य गर्न पाउँदा खुशी ब्यक्त गर्नुभएको थियो । बुद्ध जयन्तीको पूर्वसन्धयामा आयोजना गरिएको कार्यक्रममा अधिकाशं प्रस्तुतीहरु म्हा मानव गौतम बुद्धकै स्मरणमा प्रस्तुत गरिएका थिए ।
रक्षा पौडेलले स्वागत मन्तब्य दिनुभएको कार्यक्रमको सञ्चालन झिल्को नेपालका प्रबन्ध निर्देशक एवम् संगीत प्रशिक्षक माधव पौडेलले गर्नुभएको थियो ।
