गोविन्द घर्ती

बैसाख २१ । भुतपुर्व सैनिक कल्याणकारी परिवार देवदहले २०७४ सालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
परिवारका अध्यक्ष कोषबहादुर गुरुङ्गको अध्यक्षता र संयुक्त भुतपुर्व सैनिक कल्याणकारी महासंघका सहअध्यक्ष लक्ष्मीकान्त पाण्डेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि पाण्डेले राज्यको नीति निर्माण तहमा भुपुहरुको प्रतिनिधित्व विना भुपुहरुको समस्या समाधान हुन नसक्नेमा जोड दिनु भयो । उहाले लामो समय सम्म राज्यको सेवा गरेका भुपुहरुलाई नीति निर्माण तहमा पुर्याउन राजनैतिक दलहरुलाई आग्रह गर्नु भयो ।
सहअध्यक्ष पाण्डेले भुपुहरुले आयआर्जन तर्फ लगानी गर्नुपर्ने बताउदै आयआर्जनले मात्र आत्मनिर्भर बन्न सक्नेमा जोड दिनु भयो । उहाले भुपुहरुको समस्या सामाधान गर्न सम्पूर्ण भुपुहरु एकजुट भई राजनैतिक दलहरुलाई दवाब दिनु पर्ने बताउनु भयो । कार्यक्रममा संयुक्त भुतपुर्व सैनिक कल्याणकारी महासंघका कोषाध्यक्ष जीतबहादुर पाईजा, सल्लाहकार जसमान गुरुङ्ग, टकबहादुर घर्ती, भिमबहादुर गाहा, खरसिं श्रीष, मित्रलाल अधिकारी लगायतले बोल्दै हक र अधिकार स्थापित गर्नको लागि भुपुहरु एकजुट हुनुको कुनै विकल्प नभएकोमा जोड दिएका थिए ।
परिवारका उपाध्यक्ष खुमबहादुर सिंह ठकुरीको स्वागत र सचिव किसनबहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
