मगर संघका सचिव र कोषाध्यक्षलाई सांगठनिक नेतृत्व विकास तथा लेखा व्यवस्थापन तालिम

Read Time:1 Minute, 41 Second

रूद्र श्रीसमगर


Image may contain: 1 person

पोखरा, वैशाख  १८ – नेपाल मगर संघ कास्कीले जिल्ला अन्तर्गत रहेको विभिन्न एकाइ समितिका सचिव र कोषाध्यक्षहरूका लागि एक दिवसीय सांगठनिक नेतृत्व विकास तथा लेखा व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

एकाइ सचिव र कोषाध्यक्षहरूको क्षमता अभिवृद्धिका लागि सोमबार तालिमको आयोजना गरिएको अध्यक्ष पूर्णबहादुर रानामगरले जानकारी दिनुभयो । ‘मगर जातिको नेतृत्व गर्न स्थानीय तहबाटै सशक्तिकरण हुनु आवश्यक छ’, रानामगरले भन्नुभयो, ‘हाम्रा सचिव र कोषाध्यक्षहरूलाई दक्ष बनाउन यो तालिमको आयोजना गरिएको हो ।’

Image may contain: 4 people, crowd

तालिममा अधिवक्ता सुरेन्द्र थापामगरले सहजीकरण गर्नुभएको थियो । नेपाल मगर संघका पूर्व महासचिव समेत रहेका अधिवक्ता थापामगरले नेपाल मगर संघको सांगठनिक पद्धति, कार्यक्रम सञ्चालन प्रक्रिया र लेखा व्यवस्थापनबारे संघका एकाइ सचिव र कोषाध्यक्षहरूलाई अभिमुखीकरण गर्नुभएको थियो ।

तालिममा ७० जना प्रशिक्षार्थीहरू सहभागी थिए । तालिमका प्रशिक्षार्थीहरूले तालिम निकै उपलब्धीमूलक भएको बताएको संघका जिल्ला सचिव यामबहादुर थापामगरले जानकारी दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %