सृष्टिटोलमा सरसफाइ अभियान कार्यक्रम

Read Time:1 Minute, 0 Second

रूद्र श्रीसमगर


पोखरा, वैशाख १६ – पोखरा लेखनाथ महानगरपालिका वडा नं. १०, सृष्टिटोलको नहरमार्गको करिब १ किलोमिटर नहर क्षेत्रमा सरसफाइ गरिएको छ ।

सृष्टिटोल आमा समूहकी अध्यक्ष देउमाया गुरुङ, टोल विकास संस्थाका अध्यक्ष सु. डेट गुरुङ र आमा समूहकी सचिव विष्णु थापाको नेतृत्वमा सरसफाइ गरिएको स्थानीय यामबहादुर थापाले जानकारी दिनुभयो ।

शनिबार भएको सो सरसफाइ कार्यक्रमबाट निक्लिएको करिब ६ सय क्वीन्टल फोहोर पोखरा लेखनाथ महानगरपालिकाको सवारी साधनबाट फोहोर व्यवस्थापन गरिने थापाले जानकारी दिनुभयो । थापाका अनुसार सो क्षेत्रमा ७० घरधुरी बसोबास गर्दछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %