अमरदीप मोक्तान
डाडा खर्क/दोलखा – स्थानीय चुनाव नजिकिदै जादा प्रधानमन्त्री प्रचण्ड ले बालुवाटार मा बसेको प्रमुख दल हरु को बैठक मा बैशाख ३१ मा चुनाव सम्भव न हुने संकेत दिएका छन् भने दोस्रो तर्फ संबिधान संशोधन को निमित्त आवस्यक दुई तिहाई पुर्याउन संसद मा प्रतिनिधित्व गर्ने दल हरु संग छुट्टा छुट्टै सम्बाद को तैयारी मा छन् प्रचण्ड | कहिले एमाले संग मिलेर मधेशी दल लाई उग्र बनाउने कहिले काँग्रेस ,मधेशी दल मिलाएर एमाले लाई उग्र बनाउने प्रचण्ड को रणनीति कारगर सिद्ध भई रहेको छ र जसरि भए पनि सत्ता लम्याउने खेल मा प्रचण्ड क्रमसः सफल हुदै गई रहेका छन् |
कसैले पत्याउन वा नपत्याउन वर्तमान नेपाली राजनीति मा नेपालको बहुबाली नेता कोहि छन् भने त्यो प्रचण्ड नै हुन् भन्ने मा शंका रहेन | प्रचण्ड ले एमाले, काँग्रेस ,मधेशी दल लाई “तीन त्रिलोक चौदह भुवन “देखाई दिएका छ्न तर प्रचण्ड को दोहरो खेल बारे आभाष हुदा हुदै कसैमा प्रचण्ड विरुद्ध केहि गर्ने साहस छैन भन्दा पनि हुन्छ | चतुर प्रचण्ड प्रख्यात माछा शिकारी बनेका छन् वर्तमान राजनीति को सन्दर्भ मा कुरा गर्दा माछा शिकारी प्रचण्ड को बल्छी मा नेपाली राजनीति का धुरन्धर खेलाडी एमाले ,काँग्रेस ,मधेशी दल माछा को रुप मा फँसेका छन् छन् | उल्लेखित माछा हरु उग्र पनि छन् जुझारु पनि छन् समय समय मा बल्छी बाट उम्किन प्रयाश पनि गर्छन तर त्यस समय मन्द मन्द मुस्कान का साथ प्रचण्ड ले बल्छी को मजबूत डोरी खुकुलो बनाई दिन्छन अनि आराम का साथ बसी रहन्छन धेरै प्रयाश गर्दा पनि उन्मुक्ति पाउन न सक्दा एमाले काँग्रेस मधेशवादी दल रुपी माछा हरु स्याँ स्याँ फ्याँ फ्याँ गर्दै थाकी हारेर पुनः प्रचण्ड नजिक आई पुग्दछन यहि दृश्य बारम्बार दोहरी रहेको छ र यस्ता दृश्य ले नेपाली जनता वाक्क दिक्क बनि सकेका छन् |
गणितीय समीकरण यस्तो छ न त् कांग्रेस न त् एमाले न त् मधेशी दल कसैले पनि प्रचण्ड संग चाहेर पनि विरुद्ध जान सक्दैनन् त्यस कारण प्रचण्ड ले एमाले काँग्रेस एमाले मधेशी दल लाई फनफनी घुमाई रहेका छन् | नेपाली काँग्रेस संग भद्र सहमति अनुशार शेर बहादुर को प्रधानमन्त्री हुने पालो नजिकिदै छ तर प्रचण्ड ले भद्र सहमति को पालना गर्लान भन्ने मा सन्देह छ | एमाले ले प्रचण्ड लाई प्रधानमन्त्री बनाउने भद्र सहमति पालन न गरेको भनि प्रचण्ड सजिलै सत्तासिन भए तर शेर बहादुर को लागि त्यो सम्भव छैन किन भने शेर बहादुर ले एमाले को साथ लिदैनन तसर्थ प्रचण्ड को दुवै हात मा लड्डु रही रहने छ |
निर्धारत समय मा चुनाव हुने कि न हुने सन्दर्भ मा चुनाव जुन सुकै हालत मा हुनु पर्छ र प्रचण्डले चुनाव गराउनु नै पर्छ | व्यक्तिगत महत्वाकान्छा र सत्ता लम्ब्याउन का लागि राष्ट्र लाई अनिर्णय को बन्दि बनाउनु हुदैन ,बनाउन पाइदैन | मधेशी दल द्वारा उनीहरु ले संसोधन का निमित्त हुबहु बुंदा हरु दुइ तिहाई ले संसोधन गरिनु पर्ने तब मात्र चुनाव हुन् दिने त्यस्तो न भएमा चुनाव हुन् न दिने कुरा हठधर्मिता को पराकाष्ठा हो र संबिधान लाई संस्थागत हुन् न दिने बदनियतपूर्ण षड्यन्त्र हो ?
प्रचण्ड दोस्रो पटक प्रधान मन्त्रि बन्नु पश्चात एक अन्तर्वार्ता मा भनेका थिए प्रथम पटक प्रधानमन्त्री हुदा वास्तवमा मा मैले राजनीति बुझेको थियिन तसर्थ दोस्रो पटक विगत को जस्तॊ भुल दोहरिने छैन भनेका थिए | प्रचण्ड को बहुरुपिया चरित्र एवं दोहरो खेल को राजनीति खेलेको देख्दा प्रचण्ड ले राम्रो राजनीति भन्दा पनि नेपाल लाई अनिर्णय को बन्दि बनाउने फोहोरी राजनीति मा पारङ्गतता हासिल गरेका रहेछन भन्ने कुरा प्रमाणित भएको छ | नेपाली राजनीतिक इतिहास मा जननायक बन्ने कि खलनायक बन्ने प्रचण्डको हातमा छ | संबिधान असंसोधनिय होइन संबिधान मा रक त्रुटी सच्च्याउन संबिधान संसोधन हुनु पर्छ तर यसो भन्दै मा संबिधान संस्थागत गर्न अति आवस्यक प्राथमिकता को सुची मा रहेको चुनाव हुन्य नदिने प्रपन्च नेपाली जनता लाई कुनै हालत मा स्वीकार्य छैन |
यदि प्रचण्ड ले निर्धारित समय मा गाउँ पालिका ,नगर पालिका र वडा को चुनाव सम्पन्न गराउन सके भने निश्चित रुप मा जननायक नेता को रुप मा स्थापित हुने छन् यदि व्यक्तिगत महत्वाकान्छा र सत्ता लम्म्याउने खेल मा लगेर चुनाव मा पूर्ण विराम लगाउने र नेपाल मा अस्थिरता निम्त्याउने कार्य गरे भने इतिहाश मा त् कलंकित हुने नै छन् साथै जनता को अदालत ले प्रचण्ड लाई रिहाई दिने छैन |