मनोज घर्ती मगर
आन्तरीक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र फेवातालबारे अर्को गीतसँगै म्यूजिक भिडियो बनेको छ ।
जसु गुरुङको निर्देशनमा ‘फेवातालको पानी’ बोलको गीतको म्युजिक भिडियो निर्माण भएको हो । स्टार्स स्टुडियो प्राइभेट लिमिटेडको प्रस्तुतीमा निर्माण भएको भिडियोको गीतमा चिना थापामगर र बाबु कृष्ण परियारको आवाजमा रहेको छ भने शब्द सिर्जना रमेश विजीको छ । बाबुकृष्णको संगीत रहेकोे भिडियोमा अरुशी मगर र रविन्द्र थापाले अभिनय गरेका छन् । मनोहर रानाको कोरियोग्राफिमा सन्तोष कोन्मेले भिडियो खिचेका हुन् ।
‘घान्दुककी ठिटी म त गाउँकै गीत गाउछुँ’ बोलको गीतमा अभिनय गरेर चर्चामा आएकी जसुले थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेकी छिन् । थुप्रै गुरुङ फिल्ममा अभिनय र निर्देशनको अनुभव लिइसकेकी जसु गुरुङ फिल्म एशोसिएसन कास्कीको अध्यक्ष समेत हुन् । पोखराको न्युरोडमा स्टार्स स्टुडियो सञ्चालन गरी व्यवसायिक रुपमा लागेकी उनले भिडियो मार्फत दर्शकले नयाँपन पाउने निर्देशक बताइन् ।