पत्रकार महासंघ र फोनिज कार्यसमितिलाई मगर संघको सम्मान

Read Time:3 Minute, 19 Second

रूद्र श्रीसमगर


Image may contain: 6 people, people standing and people sitting

पोखरा, वैशाख १६ –  नेपाल मगर संघ कास्की र नेपाल मगर पत्रकार संघ कास्कीले नेपाल पत्रकार महासंघ कास्की र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)कास्कीको कार्यसमितिलाई शनिबार पोखरामा सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका अध्यक्ष एम.बी. आस्था मगरलाई सम्मानपत्र, फेटा र खादा लगाएर तथा अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई खादा लगाएर सम्मान गरिएको थियो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. केशरजंग बरालले सम्मान गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रा.डा. बरालले पत्रकारले आफ्नो पेशागत धर्म पूरा गर्नुपर्नेमा जोड दिनुभयो । सत्यतथ्य समाचार जनता समक्ष पुर्याएर सुसूचित गराउनुपर्ने पत्रकारिताको धर्म भएकाले त्यसलाई नबिर्सन आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार महासंघ र मगर संघको सम्बन्ध प्रगाढ बनाउन पत्रकार महासंघ सधैँ लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आदिवासी जनजातिको समाचारलाई सञ्चारमाध्यमले ठाउँ नदिएको गुनासो जुन छ त्यसको लागि जनजाति पत्रकार संगठनहरूले समाचार सम्प्रेषणमा सहजीकरण गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा हाम्रो नभई राम्रो नेता चुन्न पनि आग्रह गर्नुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष एमबी आस्था मगरले सम्मानले जिम्मेवारी बढेको अनुभव भएको बताउनुभयो । उहाँले आगामी दिनमा नेपाल मगर संघसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । सोही अवसरमा नेपाली नयाँ वर्ष २०७४ को शुभकामना आदानप्रदान पनि गरिएको थियो ।

नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगरले कार्यक्रमको उद्देश्य, मगर संघ कास्कीका उपाध्यक्ष मेजर प्रेमबहादुर थापामगरले स्वागत तथा सचिव यामबहादुर थापामगरले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %