माओवादीले हारे स्थानीय तह विघटनको खतरा : गुरुङ

Read Time:4 Minute, 13 Second

रूद्र श्रीसमगर


Image may contain: 12 people, people sitting and text

पोखरा,  वैशाख १५नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय सदस्य एवं चार नम्बर प्रदेशका इञ्चार्ज देव गुरुङले अहिले हुन लागेको स्थानीय तह निर्वाचनमा माओवादीले हारेमा स्थानीय तह नै विघटन हुने चेतावनी दिनुभएको छ ।

माओवादी केन्द्र पोखरा–लेखनाथ महानगरस्तरीय चुनावी आमसभालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै नेता गुरुङले यो निर्वाचनमा कांग्रेस–एमालेले चुनाव जिते सिंहदरबारको अधिकार गाउँमा लिएर आएको स्थानिय तह नै विघटन हुने खतरा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गणतन्त्र, संघीयता र स्थानीय तह ल्याउने माओवादी हो, जसको नीति उसकै नेतृत्व भयो भनेमात्रै त्यसको कार्यान्वयन सही ढंगबाट हुन्छ, यदि अहिले हुन गइरहेको निर्वाचन कांग्रेस–एमालेले जित्यो भने स्थानीय तह उनीहरूको लागि बाँदरको हातमा नरिवल जस्तो हुन्छ र त्यतिबेला यो विघटन हुनेवाला छ ।’

उहाँले स्थानीय तह जोगाइराख्नका लागि भएपनि माओवादीलाई भोट हाल्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईंहरू सचेत रहनुस्, अबको निर्वाचनबाट स्थानीय तह देशभक्तहरूको हातमा सुम्पने हो कि विदेशी दलाल र भ्रष्टचारीहरूको हातमा ? सोंचेर मतदान गर्नुस् ।’

कार्यक्रममा ऊर्जामन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले स्थानीय तहको निर्वाचनमा पुरानै शक्ति चुनियो भने आत्मघात हुने बताउनुभयो । पहिले शासक चुन्दा देशले विकास गर्न नसकेको बताउँदै ऊर्जामन्त्री प्रभाकरले अब पनि शासक नै चुन्ने हो भने सधैं शासित भइराख्ने खतरा रहने बताउनुभयो ।


Image may contain: 1 person, standing and on stage

सही मान्छे नचुन्दा नाम बदलिए पनि शासन नबदलिएको बताउँदै उहाँले भन्नुभयो, ‘विगतमा राणा शासन आयो, त्यो फालेर प्रजातन्त्र आयो, त्यो मासिएर पञ्चायत आयो, अनि आन्दोलनमार्फत फेरी बहुदलीय प्रजातन्त्र आयो । हो नाम बदलियो तर शासन बदलिएन । तर अब शासन पनि बदलिँदैछ त्यो माओवादीको कारण हो ।’ माओवादीले ल्याएको उपलब्धी उसैलाई कार्यान्वयन गर्न दिनको लागि चुनावमा जिताउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उज्यालो नेपाल अभियान केवल ऊर्जाको क्षेत्रमा मात्रै नभइ समृद्ध नेपाल बनाउने अभियान भएको बताउनुभयो । ऊर्जा क्षेत्रमा भएको भ्रष्टाचार र दलाली प्रवृत्ति विरुद्ध आफूले डटेर संघर्ष गरेपछि मात्रै उज्यालो ल्याउन सफल भएको भन्दै उहाँले अब समृद्धि ल्याउन पनि माओवादीलाई जिताउन आग्रह गर्नुभयो ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं कास्की जिल्ला इञ्चार्ज राजकाजी गुरुङ ‘करण’ले लोडसेडिङ गर्ने कांग्रेस–एमालेलाई चुन्ने कि लोडसेडिङ मुक्त गर्ने माओवादीलाई चुन्ने भन्नेबारे सोंचेर मात्र भोट हाल्न आग्रह गर्नुभयो । कार्यक्रममा माओवादी केन्द्रका नेताहरू झलकपाणि तिवारी, गायत्री दुरा ‘कुसुम’, गंगा पोखरेल लगायतले बोलेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %