दमौली सञ्चार

दमौली, बैसाख १६ –तनहुँ को दक्षिणी भेगमा अबस्थित दुर्गम भेग रिसिङ्ग गाउपालिका -४, गुम्लेक (साबिक भिर्कोट-४) को श्री सहबिर आधारभुत विद्यालयमा अध्यनरत बिपन्न तथा अनाथ बिद्यार्थीलाई शुक्रबार सहयोग बितरण गरिएको छ ।
नायिका तथा समाजसेवी पबित्रा सारु मगर (डिम्पल) को पहलमा बिपन्न तथा अनाथ गरि २१ जना विद्यार्थीलाई स्टेस्नरी सामाग्री र विद्यालय पोसाक सहयोग बितरण गरिएको हो ।
बिगत तिन बर्ष देखि सहयोग गर्दै आएकी सारु मगर को हाते मालो गर्दै सहयोगी संस्था सुखावती स्टोर फाउन्डेशन, काठमाण्डौले पनि सहयोग गरेको छ ।

पढ्नको लागि स्टेस्नरी नहुदाँ पढाइबाट बन्चित हुँदै आएका बालबालिकाई स्टेस्नरी सामाग्री, ट्रयाक सुट जस्ता दैनिक उपभोग्य सामाग्रीहरु बितरण गरेको हो ।
यस अघी पनि डिम्पलले सोही विद्यार्थीलाई स्टेस्नरी सामाग्री सहित विद्यालय पोसाक प्रदान गरेकी थिइन् ।

अहिलेसम्म सारु मगरको पहलमा पाएको सहयोग बाहेक अरु कसै बाट सहयोग नपाएको स्थानिय ले बताएका छन् । सहयोग सोरुप पाएको सामग्री सक्किदाँ गुम्लेकका स्थानियले आफै ती बालबालिकालाई हेर्ने गरेका छन् । आफनै घर धान्न मुस्किल भए पनि स्थानियले बालबालिकाको यसरी सहयोग गर्न पाउँदा खुसी तथा केहि राहत महसुस हुने बताए ।
४ बर्ष देखि करिब १५ बर्ष उमेरका २१ जना अनाथ तथा बिपन्न बालबालिकालाई बिद्यालयले निशुल्क पढाएको छ ।
सहयोग बापत प्राप्त गर्नु भएको स्टेस्नरी सक्किएको आबस्थमा प्रश्न पत्र र भर्ना को लागि कसरी ब्याबस्थापन गर्नुहुन्छ ? भन्दा ! स्वयम् विद्यालयका शिक्षकहरुको तलब काटेर ब्याबस्थपन गर्ने गरेको बिद्यालयका प्र. अ. जित बहादुर चन्दले बताउनु भयो ।
