गोविन्द घर्ती

बैषाख १६ । प्राविधिक र व्यवासायीक संगै नैतिक शिक्षाको आवश्यक रहेको रुपन्देही देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
उनीहरुले नैतिक शिक्षा विना समाज परिवर्तन गर्न नसकिने भएकोले अहिलेको अवस्थामा वालवालिकाहरुलाई नैतिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । सत्यसाई वावाको पुण्य तिथि तथा सत्यसाई विद्यापिठ देवदहको पाचौ बार्षिकोत्सवको अवसरको अवसरमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले सत्यसाई विद्यापिठले विद्यालयको पहुचभन्दा वाहिर रहेको वालवालिकालाई स्थानीय स्तरमा नै शिक्षा प्रदान गरेर राम्रो काम गरेको बताएका थिए ।
सोही अवसरमा बोल्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ क्षेत्रीय अध्यक्ष हेमानन्द शर्माले राज्यले शिक्षा निति ल्याएपनि अहिले पनि कयौ वालवालिका विद्यालयका पहुच भन्दा वाहिर रहेको बताउनु भयो । उहाले वालवालिकालाई उचित शिक्षा संगै कुलतको बाटोमा जान नदिन सवैले आआफनो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड दिनु भयो । उहाले हरेक वालवालिकालाई शिक्षाको पहुचमा पु¥याउन विभिन्न शैक्षिक संस्था, स्थानीयवासी र शिक्षा प्रेमीहरु लाग्नु पर्ने बताउदै सत्यसाई विद्यापिठ नमुना विद्यालयको रुपमा स्थापना गर्नुपर्नेमा जोड दिनु भयो ।

जगतबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यापिठका संस्थापक अध्यक्ष पवित्रा श्रेष्ठ, नेपाली काग्रेसका जिल्ला सदस्य वासुदेव रिमाल, नेकपा एमालेका नगर अध्यक्ष विद्यालक्ष्मी गुरुङ्ग, नेकपा माओवादी केन्द्रका तुल्सीराम न्यौपाने, पत्रकार त्रिलोचन दहाल, कमला हमाल, वसन्ती श्रेष्ठ लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
पाचौ वार्षिक साधारण सभाले मेघनाथ पौडेलको अध्यक्षतामा ९ सदस्यीय नया समिति चयन गरेको छ । जसको उपाध्यक्षमा रामचन्द्र पौडेल, सचिवमा विन्दु सिलवाल, सहसचिवमा खिमा न्यौपाने, कोषाध्यक्षमा मिना न्यौपाने रहनु भएको छ । अन्य सदस्यहरुमा सरिता नेपाली, भोला शर्मा, भगवती खड्का, माया पौडेल रहनु भएको छ । दामोदर क्षेत्रीको स्वागत र खेमनारायण अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सत्यसाई विद्यापिठमा कक्षा ५ सम्म ७२ जना विद्यार्थीहरुले अध्ययापन गर्दै आएको छ ।
