नेपाल मगर बुद्ध सेवा समाज कास्की अध्यक्षमा पुनः मसराड्डी

Read Time:3 Minute, 31 Second

रूद्र श्रीसमगर


Image may contain: 10 people, people standing

पोखरा, वैशाख १५ – नेपाल मगर बुद्ध सेवा समाज कास्कीको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि पुनः सु. चन्द्रबहादुर मसराड्डीमगर अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।

शुक्रबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षद्वयमा नानीमाया पुनमगर र थलबहादुर पाण्डेमगर, सचिवमा जीवनकुमार थापामगर, सह–सचिवमा पूर्ण आलेमगर, कोषाध्यक्षमा कुमारी थापामगर र सह–कोषाध्यक्षमा प्रेम दर्लामीमगर चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा नारायण गाहामगर, जौमाया थापामगर, लीला थापामगर, चन्द्रकुमारी बुढाथोकीमगर, ताराकुमारी थापामगर, सरिता बुढाथोकीमगर, सोबिता पुनमगर, लोकबहादुर जर्घामगर, टेक पुर्जामगर, याम पुर्जामगर, पदमकुमारी सारूमगर र बुद्धिमाया थापामगर रहनुभएको छ ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै समाजका केन्द्रीय अध्यक्ष क्या. देउबहादुर रानामगरले मगर जातिको जातीय धर्म बौद्ध नै भएको दाबी गर्नुभयो । ‘मगर जातिको मौलिक जातीय धर्म बौद्ध नै हो’, क्या. रानामगरले भन्नुभयो, ‘हाम्रो मौलिक संस्कार र पद्धति पनि बौद्ध धर्मसँग अत्यन्त नजिक छ, हामी बौद्ध हौं भन्नेमा कुनै शंका छैन ।’

नेपाल मगर संघका केन्द्रीय सल्लाहकार एवं नेपाल पुन मगर समाजका केन्द्रीय अध्यक्ष हर्कबहादुर पहरे पुनमगरले मगर समुदाय र बौद्ध धर्मबीच नजिकको सम्बन्ध रहेको उल्लेख गर्नुभयो । ‘मगर जाति र बौद्ध धर्मबीच निकटतम सम्बन्ध छ’, उहाँले भन्नुभयो, ‘बुद्धले विश्वलाई शान्तिको सन्देश दिए, वास्तवमा बौद्धमार्गी बन्न सकेमा यो देशले धेरै प्रगति गर्न सक्छ ।’

सो अवसरमा समाजका केन्द्रीय सल्लाहकार एवं बौद्ध विद्वान् टी.बी. पुनमगर ‘रोशन’, नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ कास्कीका अध्यक्ष चन्द्रप्रकाश थापामगर, बुद्ध जयन्ती मूल समारोह समिति, कास्कीका अध्यक्ष नरेन्द्रमान लालचन, अन्तर्राष्ट्रिय परियत्ति उदय बौद्ध बिहार, कास्कीका सचिव बमबहादुर गुरुङ लगायतले बौद्ध धर्म र यसको महत्वका विषयमा बोलेका थिए । कार्यक्रममा भिक्षु आनन्दले बौद्ध धर्मको पञ्चशील ग्रहण गराउनुभएको थियो ।

नेपाल मगर बुद्ध सेवा समाज कास्कीका अध्यक्ष सु. चन्द्रबहादुर मसराड्डीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव केबी थापामगर र उपाध्यक्ष नानीमाया पुनमगरले स्वागत गर्नुभएको थियो ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %