गोविन्द घर्ती

बैषाख १६ । रुपन्देहीको देवदहमा महिलाहरुको संवैधानिक कानुनीहरु अधिकार सम्वन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । चेली कृषि सहकारी संस्था देवदह, के आई नेपालको आयोजना र जिल्ला कानुनी सहायता समिति रुपन्देहीको समन्वयमा उक्त सचेतनामुलक कार्यक्र सम्पन्न भएको हो ।
सो अवसरमा बोल्ने वक्ताहरुले अधिकार प्राप्त गर्नको लागि कानुनी ज्ञान आवश्यक हुनेमा जोड दिएका थिए । उनीहरुले महिलाहरुमा कानुनी ज्ञान भएमा मात्र महिला हिंसा न्यूनिकरण गर्न सकिनेमा जोड दिदै संविधानले दिएको अधिकार उपयोग गर्न कानुनी ज्ञान आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरुले महिलाहरु संग कानुनी ज्ञान नभएका कारण महिला हिंसा बढिरहेको बताएका थिए ।
चेली कृषि सहकारी संस्था देवदहका अध्यक्ष सावित्री वस्यालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार एवं देवदह मदर टङ्गस एकेडेमीका प्रिन्सिपल रामबहादुर गुरुङ्ग, जिल्ला कानुनी सहायता समिति रुपन्देहीका संयोजक तथा अभिवक्ता सुनिल त्रिपाठी, केआई नेपालका उषा गुरुङ्ग, मनुराना, देवदह मेलमिलाप केन्द्रका संयोजक देवु भट्टराई, केरवानी खानेपानी संस्थाका उपाध्यक्ष लक्ष्मी पंगेनी लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
करिव ४० जना महिलाहरुको सहभागिता रहेको कार्यक्रमका सहजीकरण जिल्ला कानुनी सहायता समितिका संयोजक एवं अभिवक्ता सुनिल त्रिपाठीले गर्नु भएको थियो । संस्थाका कोषाध्यक्ष जमुना रेग्मीको स्वागत र व्यवस्थापक फुलमाया श्रीषको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
