21अप्रिल 2017 लन्डन ,
यहि आउंदो १३ मे २०१७ सनिबारको दिन मगर बौद्ध समाज यु के(MBSUk)ले २६४१ौ बौद्ध जयन्ती समारोह कार्यक्रम भब्यताका साथ मनाऊने तयारी गरिरहेको जानकारी प्राप्त भएको छ । उक्त कार्यक्रममा नेपालमा जन्मनु भएका बिभुति तथा अरहत सम्मा सम्बुद्धको स्मरण गर्दै धर्मगुरुहरुको साथमा बुद्ध पुजा आरधना तथा धम्म श्रवण गरी कार्यक्रम सम्पन्न गर्ने भएको छ । सोहि कार्यक्रममा मगर बौद्ध समाज यु केको नयाँ आजीवन सदश्यहरुलाई ब्याज तथा नव प्रतिभाशाली एबं हालैमा उच्च शिक्षा हासिल गरेका बिद्यार्थीहरुलाई समाज द्धारा प्रोत्साहन स्वरुप प्रसंसा पत्रका साथ सम्मान गरिने भएको छ ।
मगर संघ यु के, मगर बौद्ध समाज यु के, मगर महिला संघ यु के साथै मगर युथका सम्पूर्ण आदर्णिय कार्यसमितिका पदाधिकारीहरु , ,सल्लाहाकारहरु, आजीवन तथा सबै सदश्यहरु लगायत बेलायतमा बसोबास गर्ने सम्पूर्ण नेपाली तथा गैर नेपाली सबैलाई नेपालको गौरव सम्पूर्ण बिस्वोको शान्तिका अग्रनायक,समाज सुधारक ,सामाजिक क्रान्तिका प्रणेताको जन्म जयन्ती समारोहमा गरिमामाय उपस्थितिको लागि निमन्त्रणा गरिएको संघका अध्यक्ष कृष्ण दर्लामी मगरले जानकारी दिए ।
कार्यक्रमको बिबरण:
• Date:-13 May 2017,Saturday
• समय: सुभारम्भ – बिहान ठिक ९:३० बजे ।(9:30AM)GMT,Uk)
समापन – बेलुकी ६ बजे ।(6:00PM)
• स्थान: EMPIRE BUNQUETING HALL, High Street, Aldershot, GU11 1DJ
प्राथि:
मगर बौद्ध समाज यु के ।