कुमार पुनले नयाँ वर्षमा ‘साइँली’ ल्याए(भिडियो सहित)

Read Time:1 Minute, 24 Second

रूद्र श्रीसमगर


 

{youtube}https://youtu.be/dZZhiKdggpM{/youtube}

पोखरा, बैशाख १ – अहिलेका निकै व्यस्त लोक तथा दोहोरी गायक कुमार पुनले नयाँ वर्षको कोसेलीस्वरुप दर्शक, स्रोतामाझ ‘साइँली’ ल्याएका छन् ।

मौलिक गीतहरू गाएर दर्शक, स्रोतामाझ फरक पहिचान बनाएका कुमारले आफ्नो नयाँ गीत युट्युबमार्फत् सार्वजनिक गरेका हुन् । कुमार पुन र विमाकुमारी दुराको स्वर रहेको सो गीतको म्यूजिक भिडियोको छायाड्ढन भने पोखराको नयाँबजारस्थित तमु धिं नेपालको प्राड्डणमा गरिएको हो ।

प्रकाश भट्टले निर्देशन गरेको म्यूजिक भिडियो करण चैसिरले खिचेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका हुन् । म्यूजिक भिडियोमा विशाल गुरुङ र रञ्जिता गुरुङले अभिनय गरेका छन् भने साई भिजन प्रालिले दृश्य निर्माण गरेको हो । रमेश बिजीको लय/शब्द रहेको गीतलाई दर्शक, स्रोताले निकै मन पराइदिनेमा गायक कुमार विश्वस्त छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %