“मानव बोलि बोल्ने चरा जस्तै चक्रव्यूह मा आदिवाशी जनजाती समुदाय “

Read Time:10 Minute, 49 Second

अमरदीप मोक्तान


Image may contain: 1 person, close-up

 

 

डाडा खर्क, दोलखा – एउटा चरा शिकारी को जालमा परेछ | चरा जुझारु प्रवृति को थियो उसले जाल बाट उम्किन धेरै प्रयाश गर्यो | चराको प्रयास व्यर्थ भएन उ जाल बाट उम्किन सफल भयो तर जाल बाट उम्किने प्रयाशमा चरा गम्भीर रुपमा घाइते भयो | जाल बाट उम्के पश्चात चरा छिटो भन्दा छिटो त्यो स्थान बाट टाडा जाने प्रयाश मा लड्दै पड्दै धेरै टाडा आइपुग्यो | लहुलुहान चरा सुर्क्षित स्थानको तलाश मा थियो उसले केहि दुरी मा गुम्बा देख्यो उसले मन मा सोच्यो निश्चय पनि गुम्बा मा मेरो दुख पिडा सुन्ने अवस्य कोहि होलान भनि | जसरि तसरी चरा गुम्बा भित्र पुग्न सफल भयो गुम्बा भित्र प्रवेश गर्दा एक जना लामा ध्यान को मुद्रा मा पलेठी मारेर बसेको देख्यो | घाइते चरा छिटो भन्द छिटो स्वस्थ हुन् चाहन्थ्यो तर जो संग उसले पिडा मुक्ति को आशा गरेको थियो अर्थात् लामा नै ध्यान मा बसेको हुनाले उसलाई छटपटी भयो | केहि समय पश्चात लामा ले आँखा खोल्यो | लामा ले आँखा खोल्दा एउटा सानो चरा लाइ घाइते अवस्था मा देख्यो | लामा ठुलो साधक थिए उसले चरा को पिडा बुझ्यो |लामा ले तत्कालै चरा को उपचार गर्यो केहि दिन मा चरा स्वस्थ भयो |

 

चरा स्वस्थ भए पश्चात लामाले चरालाई आजाद गर्न चाहे तर उनलाई चरा पुनः शिकारीको जालमा फस्न सक्ने र दुख पाउने शंका बनि रह्यो | धेरै चिन्तन मनन पश्चात लामाले चराको सुरक्षा हेतु चरालाई आफ्नो साधना द्वारा ” शिकारी आउछ, जाल बिछाउछ, दाना फाल्छ, न फस्नु” भन्ने शब्द मानव बोलिमा बोल्न सक्ने बनाए | त्यस पश्चात ढुक्क भएर चरालाई आजद गरिदिए | मानव बोलि बोल्ने चरा जुन पनि चराको झुण्डमा मिसिन्थ्यो त्यो झुण्ड शिकारीको जालमा फस्दैन्थ्यो किन भने चराको मानव बोलि सुनेर दाना खेरो जाने डरले शिकारीले जाल बिछाउने आँट नै गर्न सक्दैनथ्यो |

 

समय बित्दै गयो ” शिकारी आउछ, जाल बिछाउछ, दाना फाल्छ, न फस्नु” भन्ने शब्दले गर्द मानव बोलि बोल्ने चरा शिकारीको जालमा फस्नु परेन | एक दिन एउटा शिकारी बिहान देखि बेलुका सम्म जाल बिछायेर दाना फ्याकेर बसेको बसे गर्दा पनि कुनै चरा जालमा फसेन | शिकारी धेरै चिन्तित बन्न पुग्यो किन भने शिकारीको दिनचर्या जालमा फसाएको चराहरु लाई बजारमा लगेर बिक्रि गर्ने र त्यहि रुपैयाले दाल चामल खरिद गरि बाल बच्चा परिवारको पेट भर्ने गरिन्थ्यो | सुर्य लगभग अस्ताउने अवस्थामा थियो चिन्तित अवस्थामा शिकारी जाल समेटेर घर तिर जाने तरखर गर्न लाग्यो अचानक उसले उ बसेको रुख माथि ठुलो चराको झुण्ड बसेको आवाज सुन्यो | अब चाही निश्चय पनि शिकार फस्ने छ भनि शिकारी प्रफुल्लित भयो | चराको झुण्डमा चराको अवाज संगै उसले मानव बोलिमा ” शिकारी आउछ, जाल बिछाउछ, दाना फाल्छ, न फस्नु” भन्ने शब्द बोल्ने चरा पनि देख्दा अचम्भित एवं दुखि हुन् पुग्यो | शिकारी धर्म संकटमा पर्यो पुनः दाना फ्याकु कि न फ्याकु भन्ने दोधारमा पुग्यो शिकारी |

 

धेरै चिन्तन मनन पश्चात घाटा भए पनि होस् भनि इश्वरको नाम लिएर शिकारीले जाल बिछाउने दान फ्याक्ने कार्य गर्यो | केहि क्षण पश्चातको दृश्य हेरे शिकारी अचम्भित साथै प्रफुल्लित बन्न पुग्यो किन भने ” शिकारी आउछ, जाल बिछाउछ, दाना फाल्छ, न फस्नु” रटाई गर्दै मानव बोलि बोल्ने चरानै शिकारीको जालमा फस्न पुग्यो |

 

बिभिन्न राजनीतक दल आबद्ध आदिबासी जनजाति समुदाय कार्यकर्ताहरु तामांगले अवसर पाएन, आदिबासी जनजाति समुदायलाई नेपालका कुनै पनि राजनैतिक दलले वास्ता गरेन भन्ने प्रायः गुनासो सुन्ने गरिन्छ | तामांगको सभा सम्मेलनमा आदिबासी जनजाति समुदाय एकता अपरिहार्य रहेको जिकिर गरिन्छ, आदिबासी जनजाति समुदाय एकताबद्ध नभएको हुनाले आदिबासी जनजाति समुदायको अवमुल्यन भएको ठहर सहित तर्क पेश गरिन्छ | तर विडम्बना के छ भने जब जब चुनावको घोषणा हुन्छ सबै भन्दा पहिला चुनाव फोबियामा आदिबासी जनजाति समुदायनै होमिन्छन जबकी आदिबासी जनजाति समुदायले त्यो चुनावमा आउने परिणामले केहि प्राप्त गर्ने वाला छैनन् हातमा लाग्यो शुन्य बाहेक | तामांग समुदाय जानी जानी मानव बोलि बोल्ने चरा जस्तै गरि काँग्रेस, एमाले, माओवादी, रुपी शिकारीको जालमा फस्ने गर्दछन | विशाल जनसंख्या भएता पनि उल्लेखित पार्टी मा जस्तो सुकै त्याग बलिदान गरेता पनि आदिबासी जनजाति समुदायको निरन्तर रुपमा अवमुल्यन भएकै छ, आदिबासी जनजाति समुदाय भोट बैंक, लठैत को दर्जा भन्दा माथि उठ्न सकेनन |

 

आज भोलि पुनः चुनाव(गाउँपालिका,नगरपालिका)को चर्चा परिचर्चा जोर शोरमा छ आदिबासी जनजाति समुदाय रणनीति बिना चुनाव मैदानमा कुदी रहेका छन् | आदिबासी जनजाति समुदायले आगामी दिनहरु मा गाउँपालिका देखि प्रदेश केन्द्रमा कसरि उपस्थिति दर्ज गर्ने पर्ने हो त्यस प्रति न त् कुनै भावी रणनीति नै छ न त् कुनै योजना सबै आ-आफ्नो तालमा कांग्रेस ,एमाले, माओवादी लगाएत दलहरु को डम्फु बजाउदै उफ्री रहेका छन् |

 

आदिबासी जनजाति समुदाय भन्दा धेरै कम जनसंख्या भएका समुदायहरु ले राज्यको महत्वपूर्ण स्थानमा दरिलो प्रकारले आफ्नो उपस्थिति दर्ज गराएका छन् भने सबै आदिबासी जनजाति समुदाय भोट बैंक लठैत बाहेक केहि बन्न सकेनन | मनन गर्ने कुरा के हो भने नेपालको विगत देखि हाल सम्मको राज्य व्यवस्थामा जस्तो सुकै अग्रगामी सिद्धान्त बोकेको राजनतिक पार्टी हुन् भनि गर्व बोध गर्ने पार्टी भनाउदोले पनि विगतको राज्यसत्ताले गरे जस्तै वर्तमानमा पनि निरन्तर रुपमा आदिबासी जनजाति समुदायको अवमुल्यन तथा दोहन नै गरेका छन |

 

आदिबासी जनजाति समुदाय संगठित तथा एकताबद्ध भएर प्रस्तूत भए मात्र कांग्रेस, एमाले, माओवादीले आदिबासी जनजाति समुदाय समुदायको कदर गर्ने हुन् भन्ने कुरा बुझ्न अत्यन्त जरुरि छ | आदिबासी जनजाति समुदायले गांठ बाँधेर राखे हुन्छ उल्लेखित तिन ठुला राजनीतक पार्टीको दृस्टी मा आदिबासी जनजाति समुदाय राणाकालीन मासिने मतवाली बाहेक केहि होइन र यो कुरा लगभग आदिबासी जनजाति समुदाय माँझ स्पष्ट एवं छर्लंग भई सकेको छ | आगामी हुने महत्वपूर्ण गाउँ पालिका, नगरपालिका चुनावमा आदिबासी जनजाति समुदायको दरिलो उपस्थितिका लागि एकताको ध्वनि गुन्जायमान हुनु अत्यन्त जरुरि छ, आदिबासी जनजाति समुदायको भाग्य निर्माण आदिबासी जनजाति समुदाय स्वयम्को पहलले मात्र सम्भव छ काँग्रेस एमाले माओवादीको चस्मा चक्षु भ्रम बाहेक केहि होइन भनि चिन्तन मनन गर्न अत्यन्त जरुरि छ |


आदिबासी जनजाति समुदाय उल्लेखित” शिकारी आउछ, जाल बिछाउछ, दाना फाल्छ, न फस्नु” मानव बोलि बोल्ने चरा भएर मात्र बस्ने कि बिभिन्न रुप आदिबासी जनजाति समुदायलाई हमेसा जालमा फसाउने शिकारीलाई यस चुनावमा काँग्रेस, एमाले, माओवादी आवरणमा भएता पनि आदिबासी जनजाति समुदायले रणनीतिक प्रकारले मतदान गर्दै बडी भन्दा बडी आदिवाशी जनजाती समुदाय निर्वाचित गराएर शिकारीको चक्रब्युह भेदन गर्ने आदिबासी जनजाति समुदायको हातमा छ | आदिबासी जनजाति समुदायले धेरै समय बर्बाद गर्यो अब कति गर्ने , नेपाली राजनीतिको प्रथम पंक्तिमा कहिले आउने कि जहिले पनि पछाडीको बेञ्चमा बस्ने मुर्ख छात्र बनेर बस्ने | समय आएको छ अब चाही रणनीतिक प्रकारले मतदान गर्दै राजनैतिक शक्ति प्राप्त गर्न कुनै पनि हालतमा चुक्नु हुदैन चेतना भया इति |

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %