बरिष्ठ कलाकार कविता आले मगरको एकल सांगीतिक साँझ संम्पन्न

Read Time:4 Minute, 58 Second

संजय सिंजाली मगर

Image may contain: 8 people, people standing

 

काठमाण्डों, चैत्र १७ –  अग्रज कलाकारलाई सम्मान र नयाँ कलाकारलाई प्रोत्साहन भन्ने मुल नाराका साथ नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय समति र सांस्कृतिक संस्थान, नाँचघरको आयोजनामा कविता आलेमगर एकल सांगीतिक साँझ कार्यक्रमको आयोजना संम्पन्न गरेको छ ।

मौलिक लोक गीत जगेर्ना गर्ने अभिप्रायले विगत चार दशकदेखि नेपाली मौलिक लोक गायनको क्षेत्रमा विशिष्ट योगदान गर्दै आउनु भएकी प्रतिभाशाली लोक गायीकाको नाम हो–कविता आले मगर । गीत संगीतमा मात्र नभएर उहाँ दई दुशकदेखि नाट्य, टेलिसिरीयल, सर्ट फिल्म र ठूलो पर्दाका धेरै फिल्महरुमा पनि अभिनय गरि सक्नुभएको छ |

 

उहाँको निकै रुचाइएको उठी खर काटौँ, बसी खर काटौँ, मेरो माया, सक्रांति मेला, छ भने माया, चुरौटे दाइले, डाँडा काडा बन आदि लगाएत १३ वटा गीत प्रस्तुत गर्नुभयो भने वरिष्ठ गायिका तारा थापा मगर, वरिष्ठ गायक छत्र गुरुङ लगायतले साथ दिनुभएको थियो ।


सुरुवाती दिनमा कलाकारिता क्षेत्रमा निरन्तरताको लागी श्रीमानको साथ र विश्वासले थप प्रेरणा मिलेको बताउने उहाँले श्रीमान स्वर्गिय जेवि आलेको संकलन रहेको जलेवाले पानी खायो बोलको गीत बाट सुरु गर्नुभयो । गीत गाउँदा उहाँले श्रीमान स्वर्गिय जे.वी आलेलाई सम्झेर भावुक बन्दा दर्शक तथा उहाँका सुभचिन्तकहरुले पनि मन थाम्न सकेनन् । विस २०१२ मा इलाममा जन्मिनुभएकी कविता चार दशकदेखी गायन र अभिनयमा लागीरहनु भएको छ ।

नेपाल मगर सांस्कृतिक संघका संस्थापक सदस्य पनि रहनु भएका अग्रज कलाकार जब उहाँ २०६३ सालमा रोष गुमष्ठाको अध्यक्ष हुनुभयो तब उहाँकै पालामा– ‘नेपालमा मगरहरु जनसंख्यामा मात्र धनि नभएर विभिन्न ठाउँमा बसोबास गरे अनुसार आ–आफ्नै भाषा, लिपी, कला र संस्कृतिमा पनि त्यतिकै धनि रहेका हुनाले सबै भाषालाई मध्यनजर राखेर “मगर रोष गुमष्ठा”लाई २०६३ सालमा “नेपाल मगर साँस्कृतिक संघ केन्द«ीय समिति”नाम परिवर्तन गर्नु भएको हो ।’ उहाँले यस सांस्कृतिक संघलाई दुई कार्यकाल सम्म समय दिएर ठुलो योगदान दिनुभयको थियो । त्यस पछि उहाँ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य पनि हुनुभयो ।

 

कार्यक्रममा उहाँको प्रस्तुतीको साथै नेपाल मगर सांस्कृतिक संघले तयार पारेको उहाँको वायोग्राफी र नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । औपचारिक रुपमा नेपाल मगर संघ सांस्कृतिक संघका अध्यक्ष कवि मगरको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव भरतमणि सुवेदी, विशेष अतिथीको रुपमा राष्ट्रिय नाचघर जमलका जि.एम राजेश थापा, नेपाल मगर संघ केन्द्रिय अध्यक्ष नविन रोका मगर लगाएत कलाकारिता क्षेत्रका वरिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

संघका महासचिव विलन थापाले सञ्चालन गर्नुभएको औपचारिक कार्यक्रममा संघका महिला उपाध्यक्ष अमला थापाले स्वागत मन्तव्य राख्नु भएको थियो । औपचारिक र साँस्कृतिक कार्यक्रम गरी दुई भागमा बाँडिएको कार्यक्रम अन्तरगत सांस्कृतिक कार्यक्रमको सञ्चालन भने संघका सचिव डोलराज बारघरे मगरले गर्नुभएको थियो । सोही कार्यक्रममै आर्थिक सहयोग गर्ने वयक्तिहरु र बाध्यबाधकहरुलाई पनि सम्मान गरिएको थियो ।

 

{facebook}1228764320506427{/facebook}
 फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।

कविता आले मगरको एकल सांगीतिक साँझको फोटो झलक.

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %