बरिस्ठ कलाकार कविता आले मगर–एकल सांगीतिक साँझ हुने – प्रेस बिज्ञप्ति

Read Time:13 Minute, 51 Second

मिति : २०७३ चैत्र ७ गते

प्रेस विज्ञप्ती

Image may contain: 1 person, tree, outdoor and closeup  अग्रज कलाकारलाई सम्मान र नयाँ कलाकारलाई प्रोत्साहन भन्ने मुल नाराका साथ नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय समति र सांस्कृतिक संस्थान, नाँचघरको आयोजनामा कविता आलेमगर एकल सांगीतिक साँझ कार्यक्रमको आयोजना तपशिलको मिति, स्थान र समयमा आयोजना गरिएको हुदाँ सम्पुर्णमा जानकारी गराउँदछौँ ।

साथै उक्त कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि प्रतिष्ठित सञ्चार जगतका सम्पुर्ण पत्रकार तपाईहरुको साथ सहयोगको विशेष भुमिका रहने हुदाँ उक्त कार्यक्रमको बारेमा तपाईको प्रतिष्ठित सञ्चार माध्यामबाट समाचार तथा प्रचारप्रसार सम्प्रेशण तथा प्रकाशन गरि महत्वपुर्ण सहयोग गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौँ ।

कार्यक्रम : “कविता आले मगर–एकल सांगीतिक साँझ”
मिति  : २०७३ साल चैत्र १४ गते सोमवार(घोडेजात्रा)
स्थान   : नेपाल राष्ट्रिय नाँचघर, जमल, काठमाण्डौ ।
समय  : दिनको ठिक २.०० बजे देखि ५.०० बजे सम्म ।

 
कविराज मगर
अध्यक्ष
नेपाल मगर सांस्कृतिक संघ
केन्द्रीय समिति, कलंकी काठमाण्डौ

सम्पर्कको लागिः

जी.एम:९८५११८४६४६, ०१४२२१७०५, अध्यक्ष : ९८४०३६३६०१, महासचिवः ९८०३६८५९०९
सचिव :९८६०९५४९६४, प्रचार प्रसार सचिव : ९८४३१८२५३०, कोषाध्यक्ष :९८४९१५८८५९ सहकोषाध्यक्ष :९८४१८४६९६०, 
ईमेल : hamromagarculture@gmail.com

नेपाली लोक गीत संगीतको बरिष्ठ एवम चर्चित लोक गायिका तथा अभिनेत्री
कविता आले मगर

व्यक्ति चित्रणः–

Image may contain: 1 person, sitting and indoor  मौलिक लोक गीत जगेर्ना गर्ने अभिप्रायले विगत चार दशकदेखि नेपाली मौलिक लोक गायनको क्षेत्रमा विशिष्ट योगदान गर्दै आउनु भएकी प्रतिभाशाली लोक गायीकाको नाम हो– कविता आले मगर । गीत संगीतमा मात्र नभएर उहाँ दई दुशकदेखि नाट्य, टेलिसिरीयल, सर्ट फिल्म र ठूलो पर्दाका धेरै फिल्महरुमा पनि अभिनय गरि सक्नुभएको छ । वि.सं. २०१२ साल भाद्र महिना २७ गते इलाम जिल्ला, फुयतप्पा गा.वि.स.मा स्वर्गीय पिता श्री दुर्योधन  मगर र माता स्व.श्रीमती मनमाया मगरको कोखबाट जन्मिनु भएकी आले मगर सानै उमेर देखि लोक गायनमा गहिरो अभिरुची राख्नु हुन्थ्यो । यही अभिरुचिको प्रस्फुटन स्वरुप गाउँमा वन जंगलमा घाँस दाउरा गर्दा होस् वा मेलापात गर्दा होस् त्यतिखेर लोक भाकाहरु गाएर बनजंगल, पाखा पखेरा गुञ्जयमान गराउनु हुने आले मगरको २०२७ साल फाल्गुन १३ वर्षको कलिलो उमेरमै तेह्रथुम जिल्ला ईवा गा.वि.स. वडा नं. ७, आठराई कालीपा निवासी श्री जेवि आले(जंगबहादुर आले मगर) संग विवाह भयो । कर्ण प्रिय स्वरका धनी आले मगर यहाँ सम्म लोकप्रिय भएर आउनुमा जीवन साथी जेवी आले मगरको ठूलो हात रहेको र उहाँकै प्रेरणाबाट आज चर्चित कलाकार कविता आले भनेर चिन्न पुगेको हो । यदि उहाँको देन नभएको भए आज कविता आलेको पहिचान कुन चरिको नाम हो भने झै हुन पुग्थ्यो भनी वताउनुहुन्छ । उहाँले जति पनि गाउँनु भएको चर्चित गीत संगीतहरु छन् सबै जीवन साथी जेवी आले कै रहेको बताउनुहुन्छ ।

Image may contain: 1 person  तर यति राम्रो सहयात्राका जीवन साथी २०५६ साल कार्तिक ३ गते विजया दशमीको दिन झापा जिल्लाको दुर्गापुरमा निजी कार सवार गर्दा विपरीत दिसाबाट आएको खाली बसको ठक्करले दुर्घटनामा परी अल्पायुमै मृत्यु हुन पुग्यो । त्यस पछि कविता आले मगरको कहाली लाग्दो जीवन सदा अन्धाकारमयमै बिताउनु प¥यो । यो कालो दिन पार गर्दै आजको शुभ दिन सम्ममा हरेक संघ संस्थामा आबद्धता भई सामाजिक क्षेत्रमा थुप्रै योगदान दिदै आईरहनु भएको छ ।

 नेपाल मगर सांस्कृतिक संघका संस्थापक सदस्य पनि रहनु भएका अग्रज कलाकार जब उहाँ २०६३ सालमा रोष गुमष्ठाको अध्यक्ष हुनुभयो तब उहाँकै पालामा– ‘नेपालमा मगरहरु जनसंख्यामा मात्र धनि नभएर विभिन्न ठाउँमा बसोबास गरे अनुसार आ–आफ्नै भाषा, लिपी, कला र संस्कृतिमा पनि त्यतिकै धनि रहेका हुनाले सबै भाषालाई मध्यनजर राखेर “मगर रोष गुमष्ठा”लाई २०६३

सालमा “नेपाल मगर साँस्कृतिक संघ केन्द«ीय समिति”नाम परिवर्तन गर्नु भएको हो ।’ उहाँले यस सांस्कृतिक संघलाई दुई कार्यकाल सम्म समय दिएर ठुलो योगदान दिनुभयको छ । त्यस पछि उहाँ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य पनि हुनुभयो ।

 यी आरोह अवरोह पार गर्दै उहाँले विगत लामो समय देखि नै गीत संगीतमा मात्र नभएर सिरियल, टेलिसिरियल, छोटो फिल्म तथा ठूलो पर्दाका थुप्रै फिल्महरुमा अभिनय गरि सक्नु भएको छ ।

जस्तै :-

 गाउने गीतहरुमा– (राष्ट्रिय गीत, बाल गीत, भजन गीत, लोक गीत धेरै¬ तथा छोरा संग जुहारी खेल्ने पहिलो आमा)
 न्यूरोडमा पहिलो ‘क्यापिटल फोटो स्टूडीयो’ स्थापना– २०३० सालमा, (अफिसहरुको टेवलमा राख्ने नेमप्लेट बनाएर बेचेर कमाको पैसाले खोलेको)

क) चर्चित गीतहरुः–
१) पिपले छाँया   
२) सक्रान्ती बजार   
३) यो मेरो देश   
४) झ्याम्मै चौतारी माया लाउ भने छैन दौतेरी   
५) उठी खर काटौं  बसी खर काटौं 
६) घर त मेरो सागुरी भयो 
७) माथिमा माथि त्यो काली लेकमा
८) मेरो माया कहाँ गयो कुन्नी
९) तोरी फुल हामीलाई नभुल
१०) छ भने माया छपक्कै लाईदेऊ
११) चुरोटे दाईले
१२) तम्मरै तिरमा
१३) बुढो घरैमा बुढी मिटीङमा
१४) गाईबस्तु झ¥यो ओराली यो मन रुन्छ धरधरी
१५) डाँडा काडा बन
१७) देउडा गीत– कतिका उकाली लाग्या
ख) उहाँले हरेक विधामा गरिसकेका मुख्य कलाहरु :-
१) रेडियो नेपालमा मगर भाषाको पहिलो समाचार बाचिका (२०४८)
२) मगर भाषाको पहिलो फिल्म ‘लङघन’मा एक पात्रको भ्वाईस डविङ –२०५३, युवराज मास्कीको
३) मगर भाषाको फिल्म ‘गिनसरा’मा सञ्जोक लाफा र रोम थापाको आमाको रोल–२०५७
४) टेलिसिरीयल ‘सहयात्री’– २०५८,५९, कुमार थापाको
५) नेपाली फिल्म ‘बन्दकी’ दिलिप रायमाझीको आमाको रोल– २०६०, किशोर रानाको
६) मगर भाषाको फिल्म ‘आशे’– २०६०, सञ्जोक लाफाको
७) वृत्तचित्र हुर्रा नाँचको निर्देशक– २०६४, वर्तमान अध्यक्ष कविराज मगरको निर्माण तथा लेखन ‘पूर्वीय मगरहरुको अत्यन्त लोकप्रीय
८) टेलिसिरीयल ‘महजोडी’– भाईरस
९) महसञ्चारको महचौतारी विभिन्न शिर्षक– मान्छे, छोरी, तर्सिङ होम, भूत आदी
१०) सिरीयल ‘गाउकी तारा’
१०) सिरीयल ‘साँगु तरेपछि’– बद्री अधिकारीको
११) ज्यान हाजिर छ – बद्री अधिकारीको
१२) नेपाली फिल्म ‘सायद’
१३) नेपाली फिल्म ‘गुड बाई काठमाण्डु’– नविन सुब्बाको
१४) नेपाली फिल्म ‘गोर्खा पल्टन’– नारायण रायमाझीको
१५) नेपाली फिल्म ‘घामपानी’– दिपेन्द्र लामाको
१६) थिएटरका विभिन्न नाटकहरुमा अभिनय
१७) सिरीयल ‘हाम्रो टिम’– भुषण दाहल
१८) नेपाली फिल्म ‘कबड्डी’ १,२ – राम बाबु गुरुङको

ग) अवार्डः–

१) विरेन्द्र ऐश्वर्य सेवा पदक
२) भुपाल मानसिङ युवा पुरस्कार
३) माष्टर मित्रसेन एशोसियसन हङकङ
४) अन्य विभिन्न संघ संस्थाहरुबाट सम्मान तथा अवार्ड

घ) भ्रमणः–

 कलाकारीताको शिलशिलामा :भारत, चाईना, हङकङ, मकाउ, वेलायत आदी ।
व्यापारीको शिलशिलामा : भारत, चाईना, जर्मन, जेनेभा, स्पेन, स्वीजरल्याण्ड (श्रीमान संग)

ङ) कार्यक्रमको उद्देश्यः

 नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिले पूर्व मेची देखि पश्चिम महाकाली सम्म र विदेश भरी छरिएर रहेका सम्पूर्ण मगर कलाकारहरुको हक र हितको लागि र भैपरी आउने समस्या समाधानको लागि ‘मगर कलाकार कल्याणकारी अक्षय कोष’ स्थापना गरिएको छ ।
नेपाली गीत संगीत तथा मौलीक मगर गीत संगीतलाई संरक्षण तथा सम्बद्र्धन गर्नका लागि र लुकेर रहेका मगर कलाकारहरुलाई तथा नवदित कलाकारहरुलाई प्रोत्साहन र अवसर प्रदान गर्न प्रत्येक वर्ष अग्रज मगर कलाकारहरुलाई सम्मानका साथ एकल सांझ गर्दै ‘मगर कल्याणकारी कोष’लाई वृद्धि गर्नको लागि यस कार्यक्रमको मुख्य उद्देश्य रहेकोे छ ।

च) कविता आले मगरको ‘एकल साँझ’नै किन ?

दर्जनौ मौलिक गीत संगीत मार्फत नेपाली लोक गीत प्रेमी स्रोताहरुको मन जित्न सफल भएता पनि एउटा प्रतिभाशाली कलाकारहरुलाई आफ्ना शुभेच्छुक श्रोता र दर्शक सामु आफ्नो मौलिक प्रस्तुति प्रत्यक्ष रुपमा प्रस्तुत गरी उहाँहरुको अझै बढी मौलिक लोक गीत संगीत मार्फत नेपाली लोक संस्कृतिको संरक्षण, सम्बद्र्धन तथा जगेर्ना गर्ने दिशामा ‘अग्रज कलाकारलाई सम्मान अथावा प्रेरणा र नयाँ कलाकारलाई प्रोत्साहन’ भन्ने मुल नाराका साथ उपयुक्त माध्यमका रुपमा नै ‘नेपाली लोक गीत संगीतको बरिष्ठ एवम चर्चित लोक गायिका तथा अभिनेत्री’ कविता आले मगरको ‘एकल सांगीतिक साँझ २०७३’ चैत्र १४ गते नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समिति र सांस्कृतिक संस्थान, राष्ट्रिय नाँचघर जमल कोठमाण्डौले संयुक्त आयोजनामा गर्न लागिएको हो ।
एकल साँझका प्रमुख उद्देश्यहरु :
 
 नेपाली लोक गीत संगीतको संरक्षण र प्रवद्र्धन गर्न ।
 लोक गायीका कविता आले मगरलाई सांगीतिक दुनियामा थप उर्जा दिई क्रियाशील गराउन ।
 लोक गायीका कविता आले मगरका हाल सम्मका गीत संगीत संकलन, पुनः उत्पादन तथा प्रवद्र्धन गर्न ।
 स्थानिय स्तरका मौलिक गीत संगीत संकलन कार्यलाई प्रोत्साहन गर्दै विदेशी आयातित गीत संगीतको बढ्दो प्रभावबाट नेपाली लोक गीत संगीत क्षेत्रलाई मुक्त गर्ने अभियानलाई अगाडी बढाउन ।
 नेपाली मौलिक लोक गीत संगीत र संकलनमा विगत चार दशक देखि क्रियाशील गायीका कविता आले मगर लगायत मौलिक लोक गीत स्रष्टा सर्जकहरुलाई राज्य स्तरबाट पहिचान गरी उनीहरुका सिर्जनालाई प्रोत्साहन, सम्मान र उचित संरक्षणका लागि राज्यलाई दवाव दिन ।

 
कविराज मग
अध्यक्ष
नेपाल मगर सांस्कृतिक संघ
केन्द्रीय समिति
कलंकी काठमाण्डौ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %