तेज राई

बैठकले तत्कालिन सङ्घिय समाजवादी पार्टी नेपाल, मधेसी जनअधिकार फोरम, नेपाल र खस समावेशी पार्टी नेपाल, एकीकरण भै सङ्घिय समाजवादी फोरम, नेपाल एकीकरण भएको १५ जुन २०१५ दिनलाई एकीकरण दिवसको रुपमा मनाउन आबुधाबी फल्कलर थ्रीटर सोसाइटी हलमा एक भव्य कार्यक्रम गर्ने र उक्त कार्यक्रमको निम्ति नेपालवाट फोरमका श्रदेय अध्यक्ष एवं माननीय साम्सद उपेन्द्र यादव ज्यू एवं कलाकारद्वय पहिचानवादी गायक राजन राई र चर्चित “साइली गित” का गायक हेमन्त रानामगरज्यूलाई निमन्त्रणा गर्ने निर्णय गरेको छ ।
एकीकरण दिवस मनाउन वरिष्ठ उपाध्यक्ष दिपराज न्योहाङ्ग सम्योजक र सङ्घिय महिला समाजकी अध्यक्ष शुशी पुलामी मगर सह-सम्योजक रहेको ११ सदस्यीय कार्यक्रम तैयारी समिति गठन गरेको छ भने, जसमा सास्कृतिक सम्योजक सुर्य आले मगर र सह-संयोजक सुर्य कुमारी लामा, आर्थिक सम्योजक, कटक राई, व्यवस्थापन सम्योजक पासाङरेन्जी शेर्पा र यातायात सम्योजक रमेश राईलाई जिम्मा दिएकोछ ।
बैठकले मुलूकको सम सामयिक राजनैतिकलाई गम्भीर रूपमा समीक्षा गर्दै न्याय, समानता र अधिकारको मुद्दाको बिरुद्धमा जवरजस्त जारी गरिएको नश्लिल सम्विधानलाई सम्सोधन विना कूनै प्रकारको निर्वाचन हुन नसक्ने फोरमले लिएको अडानलाई प्रवासवाट जोडदार समर्थन गर्दै न्याय, समानता र अधिकारको पक्षमा भै रहेको जारी आन्दोलनलाई समर्थन गर्न देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा विशेष आग्रह समेत गरेकोछ ।
केही दिन अघि सरकार र एमालेको अकर्मण्यताको कारण सप्तरीमा भएको गोलीकाण्डको घोर भर्त्सना एवं निन्दा गर्दै गोली लागी मृत्यु हुनु भएका वीर सहिद प्रती एक मिनेट मौन धारणा र शोकाकूल परिवारप्रती समवेदना प्रकटगर्दै शोकलाई शक्तिमा बदल्ने प्रण गरेकोछ ।
समाजलाई आगामी दिनमा चुस्त, दुरुस्त र प्रभावकारी किसिमवाट अगाडी बढाउन यस अगाडीको क्षेत्रीय स्तरको संगठनात्मक ढाचालाई खारेज गर्दै फोरमको प्रस्तावित अवधारणा अनुरुप नेफेसो प्रादेशिक समितिको निर्माणगरी त्यसको संयोजक समेत्त तोक्दै विशेष जिम्मेवारी सुम्पेको छ ।
जसमा,
१- नेफेसो लिम्बुवान संयोजक वरिष्ठ उपाध्यक्ष दिपराज लिम्बू ।
२- ” ” तामाङ्सालिङ संयोजक उपाध्यक्ष बाबुराम लोप्चन
३- ” ” खसान (खस आर्य) संयोजक उपाध्यक्ष नवराज भूसाल
४- ” ” मगरात संयोजक सचिव केहर सिं श्रीस मगर
५- ” ” शेर्पा सम्योजक भुपु अध्यक्ष एवं सल्लाहाकार पासाङरेन्जी शेर्पा
६- ” ” मधेस संयोजक विनोद पासवान
७- ” ” नेवा संयोजक इर्जु ताम्राकार
८- ” ” तमुवान संयोजक उर्मिला तमुस्यो
९- ” ” थारुहट संयोजक गणेश थारु
१०-” ” शिल्पी सम्योजक योगराज बर्देवा
११- ” ” किरात संयोजक अन्चल राई
रहेका छन ।
यसैगरी उपाध्यक्ष बाबुराम लोप्चनको सम्योजक र प्रमुख सल्लाहकार कटक राईको सह-सम्योजकत्वमा सङ्घिय व्यवसायी समिति निर्माणगरी सम्पूर्ण सङ्घिय व्यवसायीहरुलाई गोलवद्द गर्ने जिम्मा दिइएकोछ ।
सङ्घिय मिडियाकर्मि अध्यक्ष मुन्छेराईज्यू र समाजका उपाध्यक्ष बाबुराम लोप्चनज्यूलाई अविलम्ब नेपाली सङ्घिय समाज युएईको आधिकारिक वेभसाइट बनाउने जिम्मा दिइएको छ भने, नेपाली सङ्घिय समाज युएईको प्रीन्टेड टोपी तैयार गर्न सङ्घिय मिडियाकर्मी समाजका अध्यक्ष मुन्छे राईलाई जिम्मा दिइएको छ । बैठक महासचिव तेज राईले सन्चालन गरेका थिए भने, उपाध्यक्ष नवराज भुसालले स्वागत गरेका थिए ।