नवलपरासीमा जिल्लास्तरीय मौलिक कौह्रा सम्मेलन हुने

Read Time:2 Minute, 35 Second

मीना थापामगर


Image may contain: 14 people, people standing

पोखरा, चैत्र ४ – मौलिक कौह्रा संरक्षण समिति नवलपरासीको आयोजनामा नवलपरासीको कावासोतीमा यही चैत्र ५ गते शानिवार जिल्ला स्तरीय मौलिक कौह्रा सम्मेलन हुने भएको छ ।

मगरहरुको मौलिक कौह्राको संरक्षण गरी यसको निरन्तरता दिँदै भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको कौह्रा सम्मेलनको प्रमुख अतिथि मौलिक कौह्रा संरक्षण समितिका केन्द्रिय अध्यक्ष हर्क आलेमगले उद्घाटन गरिने आयोजकले जनाएको छ । नवलपरासी जिल्लाका १५ भन्दा बढी कौह्रा समूहबीच हुने प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्न सफल समुहलाई पुरस्कृति गरिने संघका अध्यक्ष मेखबहादुर सारु मगरले बताउनुभयो ।

जिल्ला बाहिरका अन्य समूहहरुलाई भने खुल्ला रुपमा सहभागी गरिने र उनीहरुलाई प्रमाणपत्र तथा सम्मान पत्रद्धारा सम्मान गरिने आयोजकले जनाएको छ । मुख्यगरी कौह्रा नृत्यको प्रभाव पर्ने जिल्लाहरु तनहुँ, पाल्पा, कास्की, चितवन लगायत विभिन्न जिल्लाका कौह्रा नृत्य समूहको सहभागिता रहने छ ।

विशेष गरी मगरहरुले पुर्खौदेखि मनोरन्जको माध्यमको रुपमा मात्र नभई आफ्नो मौलिक संस्कार संस्कृति झल्काउने उद्देश्यले कौह्रा नृत्यलाई अगाल्दै आएकोमा हाल आएर यसको मौलिकता लोप हुने अवस्था रहेकोले यसलाई निरन्तरता दिने उद्देश्यले सम्मेलनको आयोजना गरिएको अध्यक्ष मेखबहादुर सारु मगरले बताउनुभयो । उहाँले भन्नुभयो “यसको माध्यमबाट सम्पूर्ण मगरहरुलाई एकीकृत गरी आफ्नो मौलिकताप्रति सचते गराउने उद्देश्य पनि हो ।” कार्यक्रमको संयोजक मौलिक कौह्रा संरक्षण समितिका केन्द्रिय सदस्य इन्द्रबहादुर फालमगर रहनुभएको छ भने नेपाल मगर पत्रकार संघ नवलपरासीको सहकार्यमा उक्त सम्मेलन गरिने जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %