नायिका डिम्पल साँस्कृतिक सद्भावना दूत

Read Time:1 Minute, 36 Second

मनोज घर्ती मगर


Image may contain: 1 person, close-up

पोखरा, पाल्गुन १८ – सालीभेना फिल्मबाट अभिनय क्षेत्रमा लागेकी नायिका डिम्पल मगर मौलिक कौराको सांस्कृतिक सद्भावना दूत बनेकी छिन् ।

बास्तविक नाम पवित्रा सारु मगर भए पनि रंग संसारमा डिम्पल मगरले परिचित उनलाई राष्ट्रिय मौलिक कौरा संरक्षण समिति नेपालले सद्भावना दूत नियुक्त गरेको हो । उनले ठूलो पर्दाको ‘प्रतिविम्ब’ फिल्मा नायिकाका रुपमा उत्कृष्ट अभियन गरेकी छिन् । केही साता अघि सम्पन्न रोधी सिने आवर्डबाट उत्कृष्ट नवनायिका रुपमा पुरस्कृत भएकी डिम्पलले मगर दर्जनौ म्युजिक भिडियो अभिनय गरेसकेकी छिन् । अहिले पनि केही म्युजिक भिडियो र फिल्ममा अभिनय गर्न व्यस्त छिन् ।

सद्भावना दूत बनेपछि डिम्पलले मगर समुदायको कला, संस्कृति संरक्षण गर्दै प्रचारप्रसार गर्ने बताइन् । तनहुँको भिरकोट ४ गुम्लेकमा जन्मेकी डिम्पल कक्षा ५ मा अध्ययन गर्दा कौरा प्रतियोगितामा प्रथम भएपछि कौरा नृत्यप्रति उनको रुची बढेको हो । कौरा नृत्यमा अब्बल डिम्पल मिस मगर तनहुँ सन् २०११ मा थर्डरनर अप भएकी थिइन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %