ठिमुरेमा मगर स्थापना दिवस भब्य रुपमा संम्पन्न ( भिडियो सहित)

Read Time:2 Minute, 12 Second

देव पचभैया


Image may contain: 3 people, people standing

ठिमुरे, फागनु १८ – आदिवासी जनजाति ठिमुरे गाउ समन्वय समितिको आयोजनामा मगर संघको ३५ औ स्थापना दिवसको अवसरमा ठिमुरेमा कार्यक्रम भएको हो ।

समितिका अध्यक्ष लेक बहादुर बगालेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर भुपु सैनिक प्रहरी संघका केन्द्रिय अध्यक्ष एवं मगर संघका केन्द्रिय सदस्य हुम बहादुर थापा (पचभैया) ले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।


Image may contain: 8 people

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका पचभैयाले मगरी भाषा, सस्कृति जोगाउदै अधिकार स्थापित गर्नका लागी मगरहरु एक हुनुको बिकल्प नभएको बताउनुभयो । अधिकारको रक्षा र भावी पुस्ताको भविश्यका लागी पनि संसार भर छरिएर रहेका मगरहरुलाई गोलबन्द गर्न नेपाल मगर संघ सफल भएको भन्दै संघलाई बलियो बनाउन यसका स्थानिय शाखाहरु पनि दरिलो हुनुपर्ने थापाको भनाई थियो ।

युट्युबमा हेर्न यो लिंक थिच्नुहोस् :

 

{youtube}https://youtu.be/P6mhzn8k9Hs{/youtube}

नारायणी मावि ढुस्टुंङ्गमा भएको कार्यक्रममा ठिमुरे गाविसका सबै वडा बाट ल्याईएका मगरी सस्कृतिमा आधारित ठुलो नाच, करुवा, झाम्रे, सालै जो गित तथा नृत्य प्रस्तुत गरिएको थियो ।


Image may contain: one or more people, mountain, sky, outdoor and nature

कार्यक्रममा मगर पत्रकार संघका केन्द्रिय महासचिब देव पचभैया, अतिथिहरु  मिना बगाले, मान बहादुर बगाले, नर बहादुर बुचा लगाएतले मगर संघको स्थापना दिवसको शुभकामना दिनुभयो । 


Image may contain: 11 people, people standing and outdoor

तेज कुमारी बगाले, बसन्त बगाले, तिलक पाडे र जुद्ध बहादुर पचभैयाले संचालन गर्नुभएको कार्यक्रममा चन्द्रकला गाहाले पाहुनाहरुलाई स्वागत गर्नुभएको थियो ।


Image may contain: 5 people, people standing


Image may contain: 3 people, people standing



0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %