गण्डकी ताराको उपाधी यामलाई

Read Time:1 Minute, 36 Second

मनोज घर्ती मगर


Image may contain: 10 people, people standing

पोखरा, पाल्गुन १८ – १३ औं पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सवको विशेष आकर्षणको रुपमा रहेको गण्डकी तारा–२०७३ को उपाधि यामबहादुर नेपालीले जितेका छन् ।

उनले ५० हजार रुपैंयाँ, गिफ्ट ह्याम्परका साथ विभिन्न पुरस्कार पाए । उपाधिसँगै यामले पुरस्कार स्वरुप संगितकार बसन्त सापकोटाको सहयोगमा एउटा गीत रेकर्ड गराउने पाउनेछन् । गण्डकी ताराको उपविजेता सोनुकुमार विक भए । उनले २५ हजार रुपैंयाँ पुरस्कार पाए । यस्तै प्रतियोगितामा उमा चौधरी तेस्रो हुँदै १० हजार रुपैंयाँ पुरस्कार पाइन् ।

कास्कीको तालचोकमा ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नारासहित माघ २७ देखि फागुन ८ गतेसम्म महोत्सव चलेको थियो । महोत्सवमा विभिन्न बस्तु तथा सेवाहरुका ३ सय भन्दा बढी स्टलहरु राखिएका थिए । यस अघि लेखनाथको भण्डार ढिकमा चल्दै आएको महोत्सव त्यहाँ रंगशाला बन्न थालेपछि तालचोकमा सरेको थियो । पहिलो लेखनाथ महोत्सव पनि तालचोकै भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %