नेपाल मगर संघ युएई ले १४०औं प्रथम सहिद स्मृति एवं ३५औं मगर दिवस भव्य रुपमा सम्पन्न

Read Time:6 Minute, 43 Second

केहर सिंह श्रीसमगर


युएई, फेब्रुअरी २६ – नेपाल मगर संघ युएईको आयोजनामा गत २४ फेब्रुअरी शुक्रवारको दिन युएईको राजधानी आबुधाबीको मुरुर कर्नेशपार्कमा प्रथम सहिद लखन थापा मगरको १४०औं स्मृति एवं ३५औं मगर दिवस भव्यरूपमा सम्पन्न गरेको छ।

संघका अध्यक्ष शुशी पुलामीमगरको सभापतित्व, नेपाल आदिवासी जनजाति परिषद् युएईका अध्यक्ष मोहन कुमार तामाङको प्रमुख आतिथ्यता, नेपाल पत्रकार महासंघ, शाखा युएईका अध्यक्ष भुपराज बस्याल विशेष अतिथि, आयोजक संघका भुपु अध्यक्ष एवम् नेपाली सङ्घिय समाज युएईका अध्यक्ष हरि बहादुर घर्तिमगर, नेपाल एअरलाइन्स कोपरेशन युएईका कन्ट्रीम्यानेजर रमेश पौडेल, नेपाल पत्रकार महासंघ शाखा युएईका केन्द्रिय सदस्य मोहन रेग्मी, नेपाली जनप्रगतिशिल मोर्चा युएईका प्रतिनिधि निशान केसी, खोट्ङ सेवा समाज युएईका महासचिव उदयराज राई, नेपाली सङ्घिय समाज युएईका प्रमुख सल्लाहकार कटक राई, समाजका महासचिव तेज राई, पहिचानवादी नेता उमेश राई, समाजसेवी छविलाल बिश्वकर्मा, हरिमान तामाङ लगायत अतिथि रहेको कार्यक्रम लाई, दिपप्रज्वलगरी कार्यक्रमका प्रमुख अतिथि तामाङ र सभापति पुलामी मगरले संयुक्तरूपमा उद्घाटन गर्नु भएको थियो भने, संघका वरिष्ठ उपाध्यक्ष राम थपामगरले स्वगत मन्तव्य दिएको कार्यक्रमलाई, महासचिव केहर सिंह श्रीसमगर र सचिव बाल बिकास थापामगरले संयूक्त रूपमा सन्चालन गर्नुभएको थियो । 

देश सङ्घिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरी सकेको अवस्था भएता पनी, जनताले सहिअर्थमा लोकतन्त्रको अनुभूति गर्न नपाएको, दलका नेताहरूले सङ्घियताको असली मर्म बुझ्न नसकेर जनतालाई दु:ख दिईरहेकोमा, कार्यक्रममा उपस्थित सवैमा एकप्रकारको नैरस्यता एवं आक्रोशका विच, अत्यन्तै भावुकमुद्रमा, प्रथम सहिद लखन थापामगर लगायत सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रती एक मिनट मौन धारणा गरिएको थियो ।

कार्यक्रममा प्रथम सहिदप्रती १४०औं स्मृतिको, भावपूर्ण श्रद्धाञ्जली अर्पणगर्दै ३५ औं मगर दिवसको शुभकामना भाषण  दिनुहुनेहरूमा संघका भुपु अध्यक्ष एवं नेपाली सङ्घिय समाज युएईका अध्यक्ष हरि बहादुर घर्तीमगर, संघका उपाध्यक्ष सुर्य आलेमगर, नेपाली जनप्रगतिशिल मोर्चा युएईका प्रतिनिधि निशान केसी, समाजसेवी हरिमान तामाङ, नेपाली सङ्घिय समाज युएईका प्रमुख सल्लाहकार कटक राई र महासचिव तेज राई हुनुहुन्थ्यो ।

मन्तव्यको क्रममा प्रमुख अतिथि तामाङले जनताले वास्तविक अधिकार अझै प्राप्त गर्न सकेका छैनन् भन्दै, शासक अधिकार नदिन विभिन्न जालझेल गरिरहेकोले, अधिकार प्राप्तिको निम्ति अझै थुप्रै जनता सहिद बन्न पर्ने आवस्यक्ता आउनसक्ने विचार राख्नु  भयो ।

मन्तव्यकै क्रममा नेपाली सङ्घिय समाज युएईका महासचिव तेज राईले, युएईमा २ वटा  मगर संघ भएको भनिएता पनि, मगर संघ नाम राख्दैमा मगर संघ नहुने दावी गर्दै, सहि अर्थमा मगर संघ हुन मगरहरुको हकहित्को निम्ति लड्नु पर्ने र त्यस किसिमका रचनात्मक काम गर्नु पर्नेहुँदा, त्यस किसिमको काम, मात्रै शुशी पुलामी मगर अध्यक्ष रहेको मगर संघले मात्रै गरेको भन्दै प्रसंसा गर्नुभयो ।

औपचारिक कार्यक्रमको समापन भाषण गर्दै, संघकी अध्यक्ष एवं कार्यक्रमकी सभापति पुलामी मगरले, पिक्निक तैयारी समितिका सम्योजक उपाध्यक्ष केशर बहादुर थापामगर, कोषाध्यक्ष प्रमिला थापा मगर, प्रवक्ता लक्ष्मण बालाम्पाकी मगर, महिला विभाग प्रमुख यशोदा थापामगर, अनुशासन विभाग प्रमुख अनिता थापामगर, केन्द्रिय सद्स्य पूर्णकला थापानमगर, गुना रैकामगर  र विशेष सहयोगी सुर्य लामा, दावा गेल्मु लामा र खेण्डुलामालाई प्रसंसा सहित विशेष धनयवाद दिनुभएको थियो ।

सोही क्रममा सभापति पुलामीमगरले, पहिचान भनेको राष्ट्रियता हो, राष्ट्रियता विनाको राष्ट्र, बास्ना बिनाको फुल हुने हुँदा पहिचानको अर्थ जातिय राज्य भनेर, पहिचान विरोधी शासाहरुको इसारामा, हाम्रै जातिय संस्थामा आबद्ध रहेकाहरुले नै, भ्रम फैलाएको प्रती दु:ख व्याक्त गर्दै, भ्रम फैलाउने प्रति खबरदारी गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथी एवं पत्रकार महासंघ, शाखा युएईका अध्यक्ष भुपराज वस्यालले, संघका पदाधिकारी एवं सद्स्यहरु संग, गहन छलफलका साथमा संघ बारे विशेष जानाकारी लिदै, युएईमा रहेका, २ वटा मगर संघको सामाजिक गतिविधिको बारे समालोचना गर्नुभयो ।

औपचारिक कार्यक्रमको समापन पछि, विभिन्न परिकारको खानाको साथमा पिक्निक स्वाद लिदै, दोहरीगित सहित मगरहरुको जातिय नृत्य सालेजो, कौडाहरु जस्ता सास्कृतिक कार्यक्रमहरु भएका थिए।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %