मगर आदिकवि पुरस्कार अक्षयकोषका लागि बागलुङ–पोखरा मगर समाजको ७ हजार सहयोग

Read Time:2 Minute, 8 Second

रूद्र श्रीसमगर


Image may contain: 2 people, people standing

पोखरा, फागुन ८ – नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिद्वारा मगर भाषाका आदिकवि सु. रेखबहादुर सारूमगरका नाममा स्थापित ‘मगर आदिकवि सु. रेखबहादुर सारूमगर साहित्य पुरस्कार अक्षयकोष’का लागि विभिन्न संघसंस्था तथा व्यक्तिबाट सहयोग आउन थालेको छ ।

बागलुङ–पोखरा मगर समाजले अक्षयकोषका लागि शनिबार ७ हजार ६ सय ५ रुपैयाँ सहयोग प्रदान गरेको छ । समाजका अध्यक्ष रामबहादुर पुनमगरले मगर लेखक संघ गण्डकी अञ्चल सदस्य एवं कास्की जिल्ला अध्यक्ष कृष्ण मीगीन मगरलाई सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा बोल्दै समाजका अध्यक्ष पुनमगरले सानै रकम भएपनि मगर भाषा, साहित्यमा कलम चलाउने स्रष्टालाई सम्मानका लागि थालिएको अभियानमा सहकार्य गर्न खोजेको बताउनुभयो । आगामी दिनमा पनि सहयोगलाई जारी राखिने बताउँदै पुनमगरले मगर समुदायको पक्षमा गरिने जुनसुकै काममा धेरैथोरै सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

सहयोग रकम ग्रहण गर्दै मगर लेखक संघ गण्डकी अञ्चल सदस्य एवं कास्की जिल्ला अध्यक्ष मीगीनले बागलुङे मगरहरूको सहयोग मगर लेखक, स्रष्टाका लागि निकै महत्वपूर्ण रहेको बताउनुभयो । यस सहयोगले स्रष्टाको मन खुशी बनाएको भन्दै मीगीनले मगर भाषा, साहित्य लेखनमा अझ उत्साह थपेको बताउनुभयो ।

समाजका अध्यक्ष रामबहादुर पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गजेन्द्र थापामगर र उपाध्यक्ष कृष्णाकुमारी श्रीसमगरले स्वागत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %