नेपाली संघीय समाजको प्रथम अधिवेशन सम्पन्न नेतृत्वमा मगर

Read Time:8 Minute, 4 Second

सुबोध घलान तामाङ


दोहा-कतार, फेब्रुअरी १९ – “जातिय मुक्तिको लागि सङ्घियता ! वर्गीय मुक्तिको लागि समाजवाद !!” भन्ने मुल नाराको साथ संसफो नेपाल पार्टी भातृ संगठन नेपाली संघीय समाजले १७ फेब्रुवरी सुक्रबारका दिन दोहा स्थित ढाका रेष्टुरेन्टको सभाहलमा प्रथम अधिवेशन सम्पन्न गरेको छ ।

अध्यक्षमा डिएन मगर, प्रथम उपाध्यक्ष गणेश कुमार राई, द्धितिय उपाध्यक्ष हिराधन राई, तृतीय उपाध्यक्ष तेज मोक्तान तामाङ, महासचिव सुबोध घलान तामाङ, सचिव चरण राई, सह-सचिव पुर्ण ब. राई निर्वाचित भएका छन् । कोषध्यक्षमा विष्णु नन्द लिम्बू, सह-कोषध्यक्ष ननिन्द्र राईले जिम्मेवारीको पद पाएका छन् । सदस्यमा क्रमशः मत्तिबुल अन्सारी, विनोद लो तामाङ, पदम ब. राई, कविता राई, ज्ञानु राई, बिन्द्रा जोरोक्स राइ, बिज्ञान राई, पाँचथरे पुर्ण ब. राई, र राज कुमार राईलाई डिएन मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

समाजका सल्लाहकार प्रमोद श्रेष्ठ प्रमुख आतिथि रहनु भएका थिए । अन्तराष्ट्रिय नेपाली साहित्यिक समाजका अध्यक्ष तिर्थ संगम राई र नवोदित बाचनालयका कवि राजन राईले राष्ट्रियता, नेपाली अस्तित्व र पहिचानमा आधारित कविता बाचन गरेका थिए ।

गैर आवासीय नेपाली संघ समन्वय परिषद सचिव उत्तिम शाह, नेपाल पत्रकार महासंघ वैदेशिक शाखाका अध्यक्ष गणेश प्र.बन्जाडे, ने.प्र.आदिवासी जनजाति महासंघका द्धितिय उपाध्यक्ष पुरूषोतम सुनुवार, महासंघका पुर्व अध्यक्ष समेत रहेका वरिष्ठ समाजसेवी सियाराम चौधरी, धिरज चाम्लिङ राई, बिमल सुवेदी, चाणक पोख्रेल लगयतका वक्ताहरूले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, र बहुपहिचानवादी समुदायको आ-आफ्नै परम्परागत भाषा, संस्कार, संस्कृति, इतिहास, पहिचान छन् । क्षेत्रीय, वर्गीय र जातीय धर्म विविधता युक्त विशेषता रहेको “हाम्रो देश” शाझा फुलबारी सार्वभौम राष्ट्र नेपाल हो । सत्ताको नेतृत्व पंक्ति र दल बाट सब्दमा मात्रै सिमित राखेकोले यस्तो हुनु दु:ख पक्ष रहेको औंल्याए ।

जिल्लावासी सस्थाहरुको काभ्रे सम्पर्क सेवा समितिका नारायण बिस्ट, मातृ सस्थाहरुको प्रतिनिधित्त्व गर्दै सुनुवार सेवा समाजका सोम सुनुवारले आ-आफ्नो धारणा राख्दै शुभकामना दिए ।

नयाँ शक्ति नेपालका अध्यक्ष बिबी खरालले परापुर्व कालदेखि राज्यसत्तालाई हालिमुहाली गरि रहेका खस आर्यनहरूका नेपालमा कुनै इतिहास र पहिचान नरहेकाले राजनितीक समाजिक स्वतन्त्र अधिकार दिन नचाहेको दावी गरे ।


Image may contain: 13 people, people sitting

राज्यसत्ता डटकम डिजिटल मिडियाका पत्रकार कृष्ण सारू मगर (मीझार)ले पत्रकार महासंघको विधि, दविधान, मापदण्ड आचारसंहिता हुन्छन् । तथापि समाजमा भए गरेका विभेद, अन्याय, अत्याचारको विविध समाचारलाई संप्रेषण गर्दा राज्यको चौथो अंग स्वतन्त्र पत्रकारिता माथि राज्यसत्ताका केही तत्व बाट कहि न कतै, अंकुश लगाइएकाले खुलेर बाहिर ल्याउन समस्या भएको हो । उहाँले थप्दै भन्नू भयो । अबका दिनहरूमा आदिवासी जनजाति कृयाशिल पत्रकारले आ-आफ्नो समुदायका विविध जानकारीलाई समाजमा चुस्त दुरुस्त संप्रेषण गरि सचेत नागरिक बनाउन कलमको भुमिका निर्वाह गर्न आग्रह गरे ।

संघिय लिम्बूवान मंचका वरिष्ठ उपाध्यक्ष समेत रहेका पत्रकार तिल बिक्रम थेबे, लिम्बूले प्रवासको हरेक देशमा संघियता र पहिचानको आवाज ससक्तरूपमा उठेका छन् । संघियताले हिमाल, पहाड र तराई जोडिएको छ । काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा जस्ता केही दलले समाजलाई टुक्र्याउन लागेको दावी गरे । उहाँले भन्नु भयो । हामी सबै नेपाली हौँ । भन्ने सब्दमा मात्रै सिमित रहेकोले, हिमाल पहाड, तराई समानुपातिक ब्यावहारमा कार्यनयन नभएकै कारणले सिके राउत जस्ता राष्ट्रघाती ब्यक्ति जन्माएको हो । यदि समयमै ध्यान नदिएमा अब सिँह दरवार केन्द्रित राज्यसत्ता संञ्चानको छिट्टै अन्त्य हुनेमा कुनै संका छैन । उहाँको भनाइ थियो ।


Image may contain: 19 people, people sitting, people standing and indoor

जनप्रगतिशिल मंचका रकम ध्वज राई, संघिय लिम्बूवान मंचका अध्यक्ष नरेन्द्र एभेङ लिम्बू, राष्ट्रिय जनमुक्ति मंचका राजखम्बु खालिङ राईले अब प्रवासमा रहेता पनि जातीय मुक्ति, तथा राष्ट्रिय मुक्तिका विपरीत रहेर सदियौ देखी राज्यसत्तामा हालिमुहाली गरेका एकात्मकवादीहरूले आदिवासी जनजातिलाई निरंकुशता लाद्ने दुश्प्रयास गरे ती नश्लवादीलाई परास्त गराउन संघियतावादी शक्तिहरू एकजुट भई आफ्नो भुगोलमा पहिचानको अस्तित्व जोगाउन सबै लाग्नु पर्ने बताए ।

एकात्मकवादी रणनितीलाई तोड्न नेपाली संघिय सामाज पार्टिको जन्म भएको हो । पश्चवगामी तत्त्वहरुलाई जरै देखी उखेलेर फाल्नु युवाको काँधमा ठुलो जिम्मेवारी थपिएको गणेश कुमार राईले भने ।

प्रथम अधिवेशनलाई सम्बोधन गर्दै यथास्थितिवादी प्रतिगामी तत्वहरु सलबलाई रहेका छन्  सबैले सतर्क र सावधानी अपनाउनु पर्ने धारणा राख्दै नयाँ कार्यसमितिले यी मुद्दाको अनुसरण गरि दोहामा स्थापित विभिन्न संघ, संस्था संगठन संग समन्वय सहकार्य गर्दै जानू पर्ने धारणा राख्दै प्रमुख अतिथी श्रेस्ठले शुभकामना दिए ।

प्रथम उपाध्यक्ष डिएन मगरको स्वागत तथा हिराधन राई र सुबोध घलान तामाङको संयुक्त संचालित सम्पन्न कार्यक्रम समाजका अध्यक्ष चन्द्रसेर राईले सभापतित्व गर्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %