गोविन्द घर्ती
देवदह, फागुन ७ – अनुराग साहित्य समाज नेपाल देवदहको आयोजनमा रजत श्रृखला तथा रमेश स्मृति पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
समाजमा अध्यक्ष निर्मल ढुंगानाको अध्यक्षता र बरिष्ठ गलजकार धनश्याम न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै न्यौपानेले साहित्यको माध्यमबाट समाज रुपान्तरणमा लाग्नु पर्नेमा जोड दिनु भयो । साहित्यले समाजमा रहेका विकृति र विसंगतिलाई अन्त्य गर्न सहयोग पुग्ने बताउदै समाजमा रहेका विकृति हटाउन सवै लाग्नु पर्नेमा जोड दिनु भयो ।
सो अवसरमा गजल सागर नेपालका संस्थापक अध्यक्ष शेखर अस्तित्वलाई जयन्ती सापकोटा रमेश स्मृति पुरस्कारबाट सम्मान गरिएको थियो । कार्यक्रममा समाजसेवी हिरा केसी, नमराज पुरी, जयकिशन अधिकारी, यम राना, यज्ञप्रसाद न्यौपाने, नरेन्द्रप्रसाद शर्मा, वालकुमार श्रेष्ठ, रमेश पोखरेल, रेनुका पौडेल, शुसिल सापकोटा, सहमाल वस्याल, कृष्ण चालिसे, विनय भट्टराई, गणेशप्रसाद न्यौपाने, स्वतन्त्र नेपाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
यमलाल अर्यालको स्वागत र श्याम न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
रजत श्रृखला तथा रमेश स्मृति पुरस्कार वितरण कार्यक्रम सम्पन्न