६ गोर्खा राइफल्सले २०० को बर्षगाँठ मनाउने

Read Time:5 Minute, 41 Second
दुत बहादुर पुन (चिम्खोले काईला)

बेलायत  , १४ फेब्रुअरी  ६ गोर्खा राइफल्स २०० बर्ष पुगेको उपलक्षमा ६ गोर्खा राइफल्स यसोसियनले २०० बर्षको बर्षगाँठ मनाउने तथा दरबार डे सम्पन्न पोखरामा गर्ने भएको छ  ।

No automatic alt text available.   ६ गोर्खा राइफल्स १८१७ मा भारतको उत्तरी सामुमा पर्ने भूभागमा रहेको बिद्रोहीहरुलाई दबाउनको लागि स्थापना भएको थियो । ६ गोर्खा राफल्सको शुरुको नाम कटक लिजन थियो । समय, परिस्थिति, बफादारिता, इमान्दारिता र कर्तव्यनिष्ठ भएको कारणले बिभिन्न कालखण्डमा बिभिन्न नामबाट परिचित हुँदै आएको भएता पनि सन. १९०३ मा ६ गोर्खा नामबाट विभूषित भएको थियो ।  ६ गोर्खा राइफल्स सदैब बफादारिता, इमान्दारिता र कर्तव्यनिष्ठ भएको कारणले सन १९५९ मा हजुर महारानीले एलिजाबेथ द्धितीएले 6th Queen’s Elizabeth Own Gorkhaa Raifle  (6th QEO GR) को नामले विभूषित गरिबक्सेको थियो ।  ६ गोर्खा राइफल्स स्थापना कालदेखी सन १९९४ सम्म बेलायत, भारत, सिंगापुर, मलेशिया, ब्रुनाई, हंगकंग कमन्थ वेल्थ र नोर्थ एटलान्टिक ट्रिटि अर्गानाइजसन जस्ता मुलुकहरुको आन्तरिक र बाइय सुरक्षाहरुमा खटेर सफलतापुर्बक महत्वपूर्ण कार्यहरु निर्बाह गरिसकेको छ ।  ६ गोर्खा राइफल्सले पहिलो र दोस्रो बिश्व युद्दमा भाग लिएको थियो ।  दोस्रो बिश्व युद्दमा र गोर्खा राइफल्सका सदस्यहरु क्या. अल्मन र राइफलमेन तुल बहादुर पुनले सर्बोच्च मेडल भिक्टोरिया क्रसबाट विभूषित भएका थिए भने ६ गोर्खा राइफल्सले बोर्नियो इमर्जेन्सी र सेन्ट्रल अमेरिका बेलिजको अपरेसनमा पनि महत्वपूर्ण भूमिका निभाएको थियो ।


गत आइतबार १२ फेब्रुअरीको दिन ६ गोर्खा राइफल्सका सदस्यहरुले पोखरामा २०० बर्षको बर्षगाँठ तथा दरबार डे कसरी मनाउने भन्ने बारेमा एक बैठक सम्पन्न गरेका छन ।  बैठकमा ६ गोर्खा राइफल्स २०० बर्ष पुगेको उपलक्षमा २०० बर्षको बर्षगाँठ तथा दरबार डे कसरी मनाउने तथा सम्पन्न गराउने भन्न्ने बारेमा ब्यापक छलफल तथा तयारी पुरा भएको ६ गोर्खा राइफल्स यसोसियन नेपालका अध्यक्ष क्या. भुवन सिङ गुरुङले जानकारी दिनु भएको छ ।
बैठकले शुक्रबार २५ फेब्रुअरीको दिन बिभिन्न देशहरु तथा बिभिन्न स्थाहरुबाट २०० बर्षगाँठ तथा दरबार डे मनाउन आउनुहुने ६ गोर्खाका सदस्यहरुलाई यरिया वेल्फ़र अफिस पोखरामा दिनको १२ बजे देखि ४ बजे सम्म आ-आफ्नो नाम दर्ता गराउने, आइ डि कार्ड लिने, होटेल खर्च, यातायात खर्च असुल गर्ने ब्याबस्था मिलाएको छ भने  ६ गोर्खा राइफल्सका पूर्णकालीन सदस्यहरूको लागि तथा उनका परिवारहरुको लागि बेलुकी ग्रेण्ड होटेलमा रिसेप्सन पार्टी ब्याबस्था गरिएको छ ।
सनिबार २५ फेब्रुअरीको दिन बिहान आठ बजे पोखराका बिभिन्न क्षेत्रहरुबाट ६ ओटा बस पोखरा ब्रिटिश क्याम्पको लागि छुट्ने छ । पोखरा क्याममा  आइपुगे पछि सोभिनियरको लागि टोपी र किताब ग्रहण गर्न सकिनेछ भने ब्याज बिशेष परेडमा बितरण गरिने छ  ।  उक्त दिन ६ गोर्खा राइफल्स यसोसियनक सभापतिको बक्तब्य, खानपिन र मनोरंजन हुने बताइएको छ  भने आइतबार २६ फेब्रुअरीको दिन बिहान गल्फ खेल्ने तथा साइट सिन हेर्ने बन्दबस्त मिलाइएको छ भने दिनको ३ बजे नेपाली सेनाको पाइप्स एंड द्रम्सले बिटिङ्ग अफ रिट्रिट पर्दर्शन गर्ने बताइएका छन । 

६ गोर्खा राइफल्सको २०० बर्षको बर्षगाँठ तथा दरबार डे सम्पन्न गर्नको लागि मेजर गोपाल गुरुङ एमबीइले प्रमुख भुमिका निर्बाह गर्दै छन भने पेय पदार्थ तर्फ क्या. बालकृष्ण गुरुङ, खाना तर्फ पन्च गुरुङ, यातायात तर्फ क्या. अर्जुन गुरुङ, मनोरंजन तर्फ मोती गुरुङ, मेडिकल तर्फ दल पुन लगायत थुप्रै सदस्यहरु स्वयंसेवकको रुपमा खटिएका छन ।  ६ गोर्खा राइफल्स यसोसियसनका अध्यक्ष क्या. भुवन सिङ गुरुङको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा मेजर गोपाल गुरुङ एमबीइ लगायत सम्पूर्ण सदस्यहरुले आ-आफ्नो राय राखेका थिय ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %