देव पचभैया
पाल्पा, फागुन २ – नेपाल इङलिस प्रिपरेटरी बोडिङग स्कुल तानसेन पाल्पाको रजत जयन्तिको अवसरमा शिक्षक कर्मचारी बिचको जिल्ला स्तरिय भलिबल प्रतियोगिता तानसेनमा सम्पन्न भएको छ ।
शनिबार भएको खेलमा शौभाग्य मावि चिदिपानी पहिलो, सेन मावि दोस्रो भयो ।
प्रतियोगितामा न्यु होराईजन स्कुल, देववाणि मावि, शौभाग्य मावि, पोस्टार इन्स्युट मावि र पाल्पा प्यारगन बोर्डिङ स्कुल गरि ६ विद्यालायको सहभागितामा भएको प्रतिस्पर्धा सेन माविको खेलमैदानमा भएको थियो ।
सहभागि, विजयी र उपबिजयी समुहलाई यही फागनु ६ गतेको रजत महोत्सवका अवसरमा पुरस्कार वितरण गरिने आयोजक बिधालयले जनाएको छ ।