गायिका कला राईको नयाँ एल्बम ‘ईशारा’को संसारै भरि चर्चा

Read Time:3 Minute, 7 Second

 

IMG_3456

करिब १ महिना अगाडि सार्बजनिक भएको गायिका कला राईको नयाँ  एल्बम “ईशारा” संसारै भरि छाएर गयिका चर्चाको शिखरमा पुगेकी छिन्।

” पान्धारे चौकी, माया पो नलगाई बा मरिन्छ की’ गीतले एक समय चर्चाको शिखरमा उक्लेकी गायिका कला राईले आफ्नो चौथो गीति एल्बम ‘इशारा’ लिएर दर्शक श्रोतामाझ आएकी हुन्। कला, अफर, लुक्सजस्ता एल्बम बजारमा ल्याएर नेपाली संगीतको बजारमा छुट्टै पहिचान बनाइसकेकी उनको ‘इशारा’मा पनि उतिकै मार्मिक गीतहरू रहेका छन् ।

रिभेन्ज म्युजिक सेन्टरले बजारमा ल्याएको यस एल्बममा अशोक राईको शब्द रचना संगीतमा ‘बिनायो मुर्चुंगा’ शिव संगम राईको शब्द रचना र संगीतमा ‘ईशारा गरी’ डिबी गुरुङको शब्द रचना र विष्णु अधिकारीको संगीतमा ‘लाग्छ मलाई’ बोलको गीत रहेको छ ।
यसै गरी साजन राईको शब्द रचना र डक्टर किरातको संगीतमा ‘धेरै रोए’ दिवाकर थपलियाको शब्द रचना र याकुब राईको संगीतमा ‘फूल फूल्यो चमेली’ रबिन्द्र दिखुक्पाको शब्द रचना र कनकाइस्ट राईको संगीतमा ‘लिम्चिम्बुंग शिरमा’ गरेर जम्मा ६ वटा गीतहरू रहेका छन् । ‘फूल फूल्यो चमेली’ बोलको गीतमा गायिका कलालाई गायक दिपेश राईले साथ दिएका छन् ।

पहिलोपटक ‘ए नि लै लै, छोरीको जीवन उडाई लान्छ रेलले’ बोलको गीतबाट आफ्नो सोलो गायन यात्रा सुरुआत गरेकी गायिका कला राई, ०५७ सालको देशव्यापी लोक गीत प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल गायिका हुन् । ०६३ सालको देशव्यापी आधुनिक गीत प्रतियोगितामा दोस्रो स्थान हात पारेकी उनले ‘ब्राइटर तिम्रो सुर मेरो गीत’मासमेत दोस्रो भएका थिए ।

अहिले देश विदेशको सांगीतिक कार्यक्रमहरूमा व्यस्त यी गायिकाले स्रोता र दर्शकहरूको मायालाई नै आफ्नो जीवनको सफलता मान्ने बताएकी छन् ।

जीवनको अन्तिम पलसम्म पनि गीतसंगीतमै रहेर काम गर्ने विचारमा रहेकी छन् । उनले भनिन्, ‘यो भन्दा अगाडिका एल्बमलाई जति पनि स्रोता दर्शकहरूले मन पराइदिनुभएको थियो, त्यसैगरी, यो इशारा एल्बममा समेटिएका गीतहरूलाई पनि, धेरै मिहिनेत गरेर बजारमा ल्याएको हुँदा, यो एल्बम पनि सबैको मन मस्तिक छुने बताएकी छिन्।

साभार: ओनलाईन वेभटिभी 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %