राष्टिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको दोष्रो अधिवेशन पर्बतमा, फोटो भलक !

Read Time:5 Minute, 52 Second

{facebook}1188142017901991{/facebook}

हुबिमगर

 

पर्बत, माघ २३ – राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको दोष्रो अधिवेसन पर्बतको सदरमुकाम कुस्मामा सम्पन्न भयो ।

 

अधिवेसनले अध्यक्षमा पु:न ईनद्र बहादुर मास्की मगरलाई निर्बाचीत गरेको छ ।
उपाध्यक्षद्वय तुल बहादुर सुनारी मगर,मिना थापा मगर, सचिबमा टक बहादुर बिरकट्टा , सह सचिबमा प्रज्ञा शागर शाक्य , कोषाध्यक्षमा चेत बहादुर सारू , सह कोषाध्यक्षमा बिष्णु माया थापालाई निर्बाचीत गरेको छ ।

 

अधिवेसनले मगरात राज्यपरिषदको सदस्यहरू प्रतेक जिल्ला भेलाबाट एक एक जना प्रतिनिधित्व हुने गरि १८ जना परिषद सदस्यहरू चयन गरेकोछ । पर्बत जिल्लाले जुझारू स्थानीय नेता शरिना पुन मगरलाई परिषद सदस्यमा पठाएको छ ।

 

गोरखा,तनहु पाल्पा,नवलपरासीको सुस्ता पूर्ब ,स्यांजा ,पर्बत,बागलुंग,म्याग्दी ,प्यूठान ,गुल्मी , अर्गाखाँची , सल्यान ,सुरखेत ,रोल्पा ,रूकुम ,दैलेख ,डोल्पा र दांग गरि मगरात राज्यमा १८ जिल्ला रहेकोछ ।

 

मगरातका प्रतेक जिल्ला बाट सयौको संख्यामा मगरको भेसभुषा र बाजागाजाका साथ उपस्थित भई पर्बतको सदरमुकाम कुस्मा बजारमा पाँचौहजारको संख्याले नगर परिक्रमा गरि कुस्मालाई जनमुक्तिमय बनाएका थिए ।

 

पार्टीका संस्थापक सदस्य एबंम अनुगमन र मुल्यांकन समितिका प्रमुख रामबहादुर तुम्बाहाम्फेले प्रमुख अतिथिको हैसियतले पानसमा दिप प्रज्वलित गरि उद्घाटन गर्नु भएको थियो ।

 

यो देशको माटोलाई सुहाउदो र सबै जातजातिको मुक्तिका लागी २०४७ सालमा स्थापित भएको पार्टीले बहुजातिय लोकतान्त्रिक समाजबाद ,जनसंख्याको अाधारमा समानुपातिक प्रतिनिधत्व यो पार्टीको मुलमन्तर हो । संघीयता,धर्मनिरपेक्षता र गणतन्त्र नयाँ संबिधानमा लेखिसकिएको र यसलाई सबै दल मिलेर कार्नवनयन गर्न पार्टीले जनदबाब दिदै अाईरहेको तुम्बाहाम्फेले भेलालाइ संबोधनको करममा बताउनु भयो ।

 

पार्टीका केन्द्रीय नेताहरू ,भातृ संस्थाका अध्यक्षहरू र बिभिन्न संघ संस्थाका प्रतिनिधि हरूले शुभकामना मन्तब्य दिएका थिए ।

 

कार्यक्रम मगरातका अध्यक्ष इन्द्रबहादुर मास्की मगरको अध्यक्षतामा पर्बत जिल्लाका अध्यक्ष खग माया पुन मगरको स्वागत मन्तब्य र सचिब टक बिरकट्टाको सन्चालन भएको थियो ।पर्बत जिल्ला समितिका उपाध्यक्ष रूक माया पुन मगर र कोषाध्यक्ष होम माया पुन मगरले अतिथिहरूलाई ब्याज र खादा बितर्ण गर्नु भएको थियो ।

 

सम्मान :
मगरात राज्यपरिषदको दोष्रो अधिवेसनलाई सफल पार्न मगरातका हरेक जिल्ला र बिदेस बाट समेत सहयोग गर्ने ब्याक्त्तित्वहरूलाई समेत सम्मान गरिएको थियो ।

 

सम्मानित हुनेहरूमा,
जनमुक्ति मन्च बेलायत बाट – ५०,०००/-
महादेब थापा -(बेलायत ,Ex QGE) अाबु-१,तनहुँ -२५,०००/-
शारिका मास्कीमगर ( अस्टेलिया )अाबु -१, तनहुँ -२५,०००/-
सचिन मास्की मगर (बेलायत)अाबु१-तनहुँ -२०,०००/-
एम.बि. थापा मगर संघीय परिषद सदस्य (हंगकंग) प्युगा,स्याँग्जा -७०००/-
भिम बहादुर थापा मगर संघीय परिषद सदस्य (हंगकंग) पालुंगटार ठाँटी पोखरी, गोरखा -७०००/-
गणेश जंग राना मगर (हंगकंग) पिपल डाडा पाल्पा – ७०००/-हरूलाई प्रमाण पत्रले सम्मान गरिएको थियो ।

 

पर्बतमा एक्कासी जनमुक्ति पार्टीको र्याली र भेला देखेर अन्य पार्टी, नागरीक समाज र पत्रकारहरु दंग परेका थिए ।

 

पार्टीले नगर परिक्रमा गर्दा बाजा गाजाको साथमा बिभिन्न नारा लगाएका नेता तथा कार्यक्रतालाई घरका बारदली,छट र आ -आफ्नो घरको बरण्डा बाट हेर्दै हात हल्लाउर्द अभिबादन गरेका थिए ।

 

जनमुक्ति पार्टीले लिएको बाटोमा लाग्नु हामी सबैको मुक्ति हुने बताउदै आमा समुहकी उद्धघोषीका एबं शीक्षिका शरिन पुन मगर लगाएत दर्जनौ पार्टीमा प्रबेस गरेका थिए ।

 

अधिवेशनको अन्तिम दिन पत्रकार सम्मेलनमा पत्रकारहरुले यति ठुलो कार्यक्रममा आफुहरुलाई कुनै जानकारी नभएको दुखेसो पोखेका थिए ।

फोटो:हुबिमगर
पुरा फोटो हेर्न तलको लिङ्क थिच्नुहोस:
राष्टिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको दोष्रो अधिवेशन पर्बतम.


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %