तमु समाजको भाग्यशाली पुरस्कार हात पारिन संगिताले

Read Time:5 Minute, 52 Second

कृष्ण सारू मगर


Image may contain: 26 people, people smiling, people standing

दोहा-कतार, फेब्रुअरी ११ –  तमु जातिहरूको दोस्रो महान पर्व (चेलीबेटी भेट) तथा सम्मान कार्यक्रम दोहाको अल नख्यान रेष्टुरेन्टको सभाहलमा डा. हर्क गुरूङका शब्द सृजना “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु” अर्थात, शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए सँस्कृति हराउछ, सँस्कृति हराए मानव अस्तित्व हराउछ भन्ने मुलमन्त्रका साथ २००४ मा स्थापित तमु (गुरूङ) सेवा समाजले “तमु (गुरूङ) समाज” ले विशेष कार्यक्रम गरि भब्य मनाएका छन् ।


Image may contain: 12 people, people standing and indoor

परम्परागत ईतिहासको संरक्षण संवर्द्धन प्रतिको विशेष महत्त्व बोकेको तमू समुदायको राजा (म्रुर) लाई सम्मान गरे । नृत्य निर्देशक भिम प्र. गुरूङलाई समाजले सम्मान पत्र सहित विशेष सम्मान गरेको छ । यसै गरि समाजलाई विशेष तन, मन, वचन र कर्मले सह्योग दिएका विशेष ब्याक्तित्व महिला तथा पुरूष कलाकार खेलाडी, सबैलाई क्रमशः प्रमुख अतिथि, विशेष अतिथि, संस्थापक तथा संरक्षक तथा कार्यक्रम सभापतिको सह्योगमा सम्मान पत्र प्रदान गर्दै समाजले सम्मान गरेको हो । सोही समारोहमा समाजका संरक्षक र सभापतिले आजीवन सदस्यता पत्रलाई संयुक्तरूपमा स-सम्मान प्रदान गरेको छ ।


Image may contain: 11 people, people standing and indoor

तमु (गुरूङ) समाजकी महिला विभाग संयोजक तौ मायाँ तमु गुरूङ र “तमु प्ये ल्हु संघ” की ईशा पह्च्यु गुरूङ द्वयले माईति घरको मुलीलाई विभिन्न परिकारका स्वादिष्ट परिकार तथा मिष्ठान भोजन दिँदै “रि-च्हमी कै पिबा” का बरेमा नेपाली भाषामा अनुवाद गर्दै अन्तर संवन्धका केही महत्त्वपूर्ण विषयमा बताए ।

संरक्षक रस तमु गुरूङले तमु समुदायको संस्कार, संस्कृति एवं विविध विषयमा प्रष्टाउँदै स्वागत मन्तब्य राखेका थिए ।

राजेन्द्र भण्डारीको पहिलो साँगितिक कोसेली लोक पप दोहोरी “हलहलेको साग” गीती एल्बमलाई प्रमुख अतिथि, विशेष अतिथि सभापतिले सोही, कार्यक्रममा “लोकार्पण” गरेको हो । नवोदित गायक भण्डारीको शब्द सृजनालाई राष्ट्रिय लोक तथा दोहोरी चर्चित गायिक देवी घर्ती मगरलाई स्वर तथा संगीतमा दिपक शर्माले साथ दिएका छन् । कामना म्युजिक प्रालिले बजारमा ल्याएको हो । “फेवाताल मोना” नामक आपतकालीन अक्षकोष स्थापना गरी उक्त एल्बम बाट संकलित रकम मृगौला पिडितका लागि सह्योग गर्ने बताएका अर्मन ६ म्यादीका भण्डारी तमु समाजका मानर्थ सदस्य हुन् ।



Image may contain: 9 people, people eating, people sitting, table, indoor and food

प्राविधिक समस्याको कारण गएको ३० डिसेम्बर खोलिने उक्त भाग्यशाली चिट्ठा १० फेब्रुअरीका दिन अल नाख्यम रेष्टुरेन्टको सभाहलमा कार्यक्रमका प्रमुख अतिथि, प्रबिण गुरुङ, विशेष अतिथि लिलम चिदी मगर, सभापति, नेपाली महिला समाजकी अध्यक्ष रेखा राई, बसन्त फिल्मसकी प्रमुख सल्लाहकार समेत रहेकी समाजसेवी मायाँ के.सी, राष्ट्रिय लोक तथा दोहोरी गायिका देवीका के.सी गुरूङले बाहिर ल्याएकी नतिजालाई समाजका संरक्षक एवं विशिष्ट ब्याक्तित्वहरूको प्रतक्ष निगरानीमा समाजका प्रमुख संरक्षक बिल गुरूङको सह्योगमा महासचिव खुसी गुरूले नतिजालाई सार्वजनिक गरेका हुन् ।

निम्न पुरुस्कार तपशिल क्रमशः
प्रथम रसिद नं- ०५९४की संगिता गुरुङ एक तोला सुन,
द्धितिय रसिद नं- ०९५२का रमेश तमु ५ ग्राम सुन
तृतीय रसिद नं- १२२२का दल ब.तामाङ ३२ इन्च LED टिभी
क्रमशः रसिद नं- १५७७का जितेन्द्र पुन मगर, ०१५४की मिना गुरूङ, ०३३७का सुरेन्द्र लामा, ०६१५का प्रतीक गुरूङ, ११९७का नवराज गुरूङलाई सान्त्वना पुरस्कार मोबाइल परेको छ ।

नोट: निम्न तपशीलका पुरस्कृतले अर्धकट्कीको साथमा आफ्नो परिचय पत्र सहित सार्वजनिक मितको १५ दिन भित्र तमु (गुरूङ) समाजका महासचिव खुसी गुरुङ संपर्क नं- ६६१४३१६८मा यथासिघ्र सम्पर्क गरि आ-आफ्नो भाग्यशाली पुरस्कारलाई लिनु हुन आयोजक समिति तमु (गुरूङ) समाज परिवार हार्दिक अनुरोध गरेको छ ।

समाजका सचिव खुसी गुरुङको संचानलमा संपन्न कार्यक्रमको सभापति खेम गुरूङले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %