कृष्ण सारु मगर
दोहा-कतार, फेब्रुअरी १२ – समाजिक अवधारणा बोकी कतारमा स्थापित विभिन्न क्षेत्रीय संस्थाको जिल्ला संस्था समन्वय समितिले दोहाको नेपाली आँमन रेष्टुरेन्टको सभाहरूमा विविध अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला स्तरीय समाजिक संस्था एक आपसमा समन्वयकारीको भुमिका निर्वाह गर्दै, समाजिक, साँस्कृतिक र राष्ट्रिय ऐक्यबद्धता राख्न १६ सेप्टेम्बर २०१६ मा जिल्ला संस्था समन्वय समितिको तदर्थ समिति स्थापना भएको हो ।
ईलाम सेवा समाजका महासचिव प्रेम सागर सुवेदी,
पाथीभरा सेवा समाजका प्रमुख सल्लाहकार दुर्गा प्याकुरेल, संखुवासभा समाजका उपाध्यक्ष खगेन्द्र खस क्षेत्री, सुदुर पश्चिम सेवा समाजका अध्यक्ष अमृतकुमार शाहीले विविध समस्याको समाधान केवल संघ, संस्था, तथा संगठनले मात्रै सदैव थेग्न नसक्ने बताउँदै यस्ता यहावत समस्यालाई नेपाल सरकारका प्रतिनिधित्व गरि कुटनैतिक जिम्मेवारी प्राप्त नेपालीहरूको अविभावक दुताबास हो कुनै पनि नेपालीलाई परेको विविध समस्या थानीय सरकारको संवन्धित निकाय संग छलफल गरि उद्धार, उत्थान कार्यका थप जिम्मेवारीको भुमिका रहनु पर्ने धारणा राखेका थिए ।
विभिन्न प्रसंगलाई समाधान तथा विकल्पका विषयमा गैर आवासीय नेपाली संघ समन्वय परिषदको समन्वयमा विविध विषयमा बृहत् रूपमा बहस, छलफल तथा अन्तरकृया गरि विकल्प खोजेर समाधान गर्न नेपाली दुतावास संग छिट्टै बस्ने का.बा अध्यक्ष नवीन पोख्रेले आफ्ना धारणा राखे । गैर आवासीय नेपाली संघ आईसीसीका विनोद भट्टराई संघको आफ्नै नीति, नियम हुन्छन् सोही बमोजिम केही प्रविधिक समस्याको कारणले ट्रुटी भए छलफल गरि समाधान गर्न सकिने बताउँदै नेपाली समुदायले मनाउने विभिन्न किसिमको राष्ट्रिय पर्वलाई सामुहिक मनाउन सकेमा आर्थिक भार पनि खेप्न नपर्ने र सके सम्म नेपालमा विभिन्न प्रदेशका आधारमा संस्थालाई समायोजन गराउन सके सम्म अझ प्रभावकारी एवं सफलता पाउने दावी गरे । टिबी कार्कीले २००६को उधारण दिँदै समन्वय समितिलाई भन्दा महासंघ भए बैधानिकता पाउनेमा तर्क लगाउँदै गैर आवासीय नेपाली संघ सरकार बाट अस्तित्व प्राप्त संस्था भएको आगामी दिनहरूमा प्रभावकारी ढंग बाट अगाडि बढ्न सुझब दिए । नेपालीहरूको सामुहिक संस्था NRNA जस्तो अन्य कुनै पनि संस्था हुनै नसक्ने दावी गरेर भने । दुतावासका विषयमा सकारात्मक विषयमा समर्थन र सह्योग गर्न र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आघात भएमा आवाज उठाउन पाउने स्वतन्त्र नैसर्गिक अधिकार रहेको बताए ।
एभरेष्ट नेपालका अध्यक्ष उत्तम गुरूङ, अर्घाखाँची सेवा समाजका अध्यक्ष ठाकुर कुमार परियार, ठकुरी सह्योग संजालका अध्यक्ष श्रीराम मल्लले बोलीमा भन्दा ब्यावहारमा कार्यनयनमा जोड दिनु पर्ने धारणा राखे ।
दाङ्ग देउखुरी सेवा समाजका का.बा. महासचिव मीन ब.पुन मगरले आर्थिक, जुटाउन बैकल्पिक विकल्पको बाट अपनाउनु पर्ने धारणा राखे । नेपाली महिला समाजकी अध्यक्ष रेखा राईले नेपाली महिलाहरूको राष्ट्रिय पर्व हरितालिका तिज र अन्तराष्ट्रिय महिला दिवसका लागि निर्विवाद पाउनु पर्ने दावी गरे ।
विभिन्न १९ वटा जिल्ला संस्थाले संयुक्तरूपमा आयोजना भएको जिल्ला संस्था समन्वय समिति द्वारा आयोजना गरिएको अन्तरकृया कार्यक्रममा विभिन्न ३२ संघ, संस्था, संगठनले सहभागिता जनाएको कार्यक्रममा NRNAले दायित्वबोध नगरेको धारणा राखेका अधिकाँस वक्ताहरूले नेपाली दुतावासको कृयाकलाप प्रति रुष्ट देखिन्थे ।
१, बुद्ध भुमी कपिलवस्तु सेवा समाज,
२, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय,
३, सुनसरी सृजनशिल परिवार,
४, तेह्रथुम सेवा समाज,
५, दाङ्ग देउखुरी सेवा समाज,
६, ठकुरी सह्योग संजाल,
७, रोल्पा जलजला सेवा समाज,
८, सुदुर पश्चिम सेवा समाज,
९, नेपाली एकता समाज,
१०, नेपाल पत्रकार महसंघ,
११, गोरखा सेवा समाज,
१२, काभ्रे सम्पर्क समिती,
१३, पाल्पाली सेवा समाज,
१४, पाँचथर सेवा समाज,
१५, गुल्मी सेवा समाज,
१६, लम्जुङ्ग सेवा समाज,
१७, एभरेष्ट नेपाल,
१८, चितवन युवा समुह,
१९, संखुवासभा समाज,
२०, गैर आवासीय नेपाली संघ समन्वय परिषद
२१, कास्की आदर्श सेवा समाज,
२२, सेवा समाज अभियान रुपन्देही
२३, ईलाम सेवा समाज,
२४, पाथीभरा सेवा समाज,
२५, मोरङ्ग सुनसरी सेवा समाज,
२६, पर्वत युवा समाज
२७, स्याङ्गजा सह्योग समाज,
२८, ओखलढुंगा सेवा समाज,
२९, नेपाली महिला समाज,
३०,, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ,
३१, प्युठान सेवा समाज,
३२, अर्घाखाँची सेवा समाज
विशेष अतिथिहरू क्रमशः गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय, टिबी कार्की, विनोद भट्टराई, समाजसेवी कमलमणि गुरागाई, बिल गुरूङ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका का.बा अध्यक्ष नवीन पोख्रेल, महासचिव नन्द गर्बुजा मगर, नेपाल पत्रकार महासंघ वैदेशिक शाखाका अध्यक्ष गणेश बन्जाडे, नेपाल प्रवासी आदिवासी जनजाति महासंघका का.बा अध्यक्ष लिलम चिदी मगर, उत्तम गुरूङ, चिरञ्जीवी तिमल्सिना, कर्ण लिम्बू, मदन श्रीस मगर, भेषराज पराजुली, रहेका थिए ।
सुदर्शन भट्टको अध्यक्षतामा सम्पन्न अन्तरकृया कार्यक्रमलाई अशोक तामाङले संचालन गरेका थिए ।