गोविन्द घर्ती
देवदह, माघ २६ – तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार महोत्सवमा संचालन भएको डान्सिङ्ग आईडल सोनम आले हुन सफल भएको छ । ११ जना प्रतियोगिलाई पछाडि पार्दै आले डान्सिङ्ग आईडल हुन सफल भएको हो ।
प्रतियोगिताको द्धितिय स्थानमा दिपक चौधरी, तृतियमा प्राप्ती राना र एलेक्स राना सान्त्वना भएको सांस्कृतिक उपसमितिका संयोजक तेजु अर्यालले बताउनु भयो । त्यसैगरी महोत्सव अन्र्तगत भएको सिङगिङ्ग आईडलको स्टारमा आशिष परियार हुन सफल भएको छ । ११ जनालाई पछाडि पार्दै परियार सिङगिङ्ग आईडल स्टार बन्न सफल हुनु भएको हो ।
त्यसैगरी प्रतियोगिताको द्धितियमा किरण डिसुवा, तृतियमा प्रदिप पौडल र सान्त्वनामा राहुल सापकोटा हुन सफल भएको आयोजक संस्थाले जनाएको छ । यसैगरी देवदह क्षेत्रको पर्यटकीय र धार्मिक स्थललाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा चिनाउन महोत्सव अन्र्तगत भएको सेल्फी प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा शिला भट्टराई प्रथम, कृति सुवेदी द्धितिय, सुरज भट्टराई तृतिय हुन सफल हुनु भएको छ । त्यस्तै प्रतियोगितामा देवदह क्षेत्रको ऐतिहासिक स्थलहरुको उत्कृष्ट प्रतिवेदन बनाउन सिद्धिचरण भट्टराई सफ हुनु भएको आयोजकले जनाएको छ ।