बहराईनमा “बृहत नेपाल सामाजिक संस्था” गठन !

Read Time:4 Minute, 21 Second

कृष्ण सारु मगर

 

Image may contain: 17 people, people standing and indoor
बहराईन, फेब्रुअरी ६  – “परोपकारी, समृद्धि र सफलताको पहिचान, बृहत नेपाल सामाजिक संस्थाको अभियान” भन्ने मुल नाराको साथ हर्क लो तमाङको संयोजकत्वमा संस्था स्थापना गरेको हो ।

विभिन्न समाजिक संघ, संस्था संगठन संग भातृत्व एकता बुद्धिजीवी समाजसेवी एवं विशिष्ट ब्याक्तित्वहरू संग परिचित कर्तब्यनिष्ठ भएकै कारण अध्यक्षमा सर्वसम्मतिले हर्क लो तामाङलाई निर्विरोध चयन भएका हुन् ।

प्रथम उपाध्यक्ष शिव नारायण श्रेष्ठ, द्धितिय उपाध्यक्ष रेश्मा देवान सुब्बा, महासचिव अन्जान बाबु श्रेष्ठ, सचिव रमेश कुमार श्रेष्ठ, सह-सचिव लिला पौडेल, रहेका छन् । कोषाध्यक्ष मिना कुमारी गुरुङ, र सह-कोषाध्यक्ष सम्झना मगरलाई चयन गरेको छ ।

स्रोतका अनुसार सांस्कृतिक प्रमुखमा रेशम पुर्जा मगर, महिला संगठन प्रमुख मिना कुमारी गुरुङ रहेकी छन् । रेशमलाल सापकोटालाई खेलकुद संयोजक जिम्मेवारी पाएका छन् । विभिन्न विभागीय समितिमा झण्डै पाँच दर्जन सदस्यले सोही कार्यक्रममा नाम दर्ता गरेका छन् ।

संस्था स्थापना गर्नुको मुख्य लक्ष रोजगारीका शिलशिलामा मध्ये पुर्वीय राष्ट्र बहराईन स्थित विविध समस्याका कारण अलपत्र परेकाहरूलाई आवश्यक परामर्श तथा सुझाव, सल्लाह एवं अवस्था हेरी उद्धारकार्यमा विभिन्न समाजिक, संघ, संस्था संगठन संग समन्वय, सहकार्य गरी सह्योग पुर्‍याउने हेतुले स्थापना भएको अध्यक्ष हर्क लो तामाङले बताए ।


Image may contain: 8 people, indoor

मानमा स्थित फुड सिटि रेष्टुरेन्टको सभाहलमा भएको “बृहत नेपाल सामाजिक संस्थाको गठन कार्यक्रमलाई भब्य र सभ्य रूपमा सफल बनाउन विविध साँगितिक प्रस्तुति कार्यक्रमको संचालन रमेश श्रेष्ठ र लिला पौडेलले संयुक्तरूपमा गरेकी थिए ।

मानमा स्थित फुड सिटि रेष्टुरेन्टको सभाहलमा ३ फेब्रुअरी सुक्रबारका दिन हर्क लो तामांङको अध्यक्षतामा बसेको बैठकले नयाँ कार्यसमिति चयन पश्चात् सल्लाहकार समितिमा सल्लाहकार समितिमा दिपक गुरुङ, ज्ञानेन्द्र गुरुङ, श्याम बहादुर पुन, एक बहादुर बल तामाङ, सन्तोष शाह, शंकरमान गुरुङलाई मनोनित गरेको हो ।

प्रमुख अतिथी नेपाली क्लबका संरक्षक समेत रहेका वरिष्ठ समाजसेवी गम बहादुर गुरुङ रहेका थिए । नेपाली क्लवका महासचिव दिपक गुरुङ गैर आवासीय नेपाली संघका अध्यक्ष टंक बस्नेत र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष काजी थापा मगर लगायत समाजिक अवधारणा बोकी स्थापित क्रियाशील विभिन्न जातीय, वर्गीय, क्षेत्रीय, धार्मिक, साँस्कृतिक, प्रमुख तथा प्रतिनिधि, स्थानीय पत्रकार, बुद्धिजीवी, समाजसेवी एवं विशिष्ट ब्याक्तित्वहरूले सहभागी जनाएका थिए ।

एक बहादुर बल तामाङको स्वागत तथा अन्जान बाबू श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा संयोजक समेत रहेका हर्क लो तमाङले सभापतित्व गरेका थिए ।
 
 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %