किराँती समुदायको ५०७७ औं नयाँ वर्ष संयुक्तरूपमा भब्य सम्पन्न !

Read Time:4 Minute, 45 Second

कृष्ण सारू मगर


Image may contain: 7 people, people smiling, people standing and indoor

कतार, फेब्रुअरी ५ – किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोक्खा शाखा सुनुवार सेवा समाज शाखाले टपफर्म रेष्टुरेन्टको सभाहलमा तीन किराँती समुदायले संयुक्तरूपमा यले तङ्वे, यले दङ्ग, यले थोचे, ५०७७ औं नयाँ वर्ष मान कुमार आङ्बो लिम्बुको संयोजकत्वमा शुभकामना आदान-प्रदान गरि भब्य मनाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली प्रवासी आदिवासी-जनजाति महासंघका का.बा.अध्यक्ष लिलम चिदी मगरले आदिमकाल देखि बसोबास गर्दै आएका भुमिपुत्र नेपाली आदिवासीलाई विभिन्न कोण बाट राज्य सत्तामा हालीमुहाली गर्ने कथित यथास्थितिवादीले १६ सताप्दीको जस्तो दासी बनाउने कोशिश जारी राखेमा विदेशमा स्थापित विभिन्न आदिवासीजनजाति महासंघ कुनै पनि हालतमा सहेर चुप बस्न नसक्ने बताएका छन् । उहाँले थप्दै भने आ-आफ्नो, मातृ भाषा, लिपि, संस्कार, संस्कृति पहिचान र सभ्यताको विकासका लागि शैक्षिक, आर्थिक र समाजिक रूपान्तरणका लागि विशेष महत्वका साथ सबैले लाग्नु पर्ने बताउँदै सबैमा शुभकामना दिए ।




Image may contain: 9 people, people smiling, people standing

समाजमा सकारात्मक बिचारको विकास गरी आ-आफ्नो साँस्कृतिक, पहिचानलाई संरक्षण-संवर्द्धन जगेर्नाका निमित्त सबैले धार्मिक सहिष्णुता कायम गरी पितृसत्तात्मक मानसिकता भएका विरूद्ध एकजुट हुनुपर्ने धारणा राख्दै नेपाली महिला समाजकी प्रथम उपाध्यक्ष अमिना खानले शुभकामना दिए ।

ने.प्र.आ.ज.महासंघका प्रमुख सल्लाहकार सियाराम चौधरीले संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय मानवअधिकार ऐन धारा ५ मा उल्लेख भए बमोजिमको किराँत धर्मावलम्बीका समुदाय लगायत आदिवासी समुदायलाई राज्यले कहिँ न कही बाट विभेद गरेको उल्लेख गर्दै, शिक्षालाई जोड दिनु पर्ने बताए ।



Image may contain: 8 people, people smiling, people standing and indoor

तिल बिक्रम थेवे लिम्बूले जसरी किराँत धर्मावलम्बीले धार्मिक, साँस्कृतिकको संरक्षण-प्रवर्द्धनमा समन्वय गरि नयाँ वर्ष मनाएका छौँ यसरी नै पहिचान तथा संघियताको मुद्दामा पनि समस्त किराँतीहरूले अविलम्ब एकजुट हुन आग्रह गर्दै ऐतिहासिक लिम्बुवानी भुमिको पहिचान र अस्तित्व जोगाउन सकिने बताए । पहिचान विरोधी तर्फ प्रस्तुत गर्दै तिर्थ संगम राईले ब्याङ्यात्मक शैलिमा कविता बाचन गरे । तेज मोक्तान, शेरधन राई लगायत अन्य वक्ताहरूले आ-आफ्नो धारणा राख्दै शुभकामना दिए ।

उक्त कार्यक्रममा ने.म.समाजकी प्रथम उपाध्यक्ष अमिना खान भिन्न परम्परा धर्म र संस्कारकी नेपाली चेलीलाई किराँती महिला समुदायको पहिचानको उपहार स्वरूप मायाँको चिनो प्रदान गरेको छ । सोही कार्यक्रमलाई सफल बनाउन सह्योगीदाताहरूलाई प्रमुख अतिथि लिलम चिदी मगर, विशेष अतिथि सभाध्यक्षको सह्योगमा सम्मान, प्रशंसा तथा कदर पत्र प्रदान गर्दै सम्मान गरेको हो ।



Image may contain: 6 people, people sitting


नेपाली प्रवासी आदिवासी-जनजाति महासंघका का.बा. अध्यक्ष लिलम चिदी मगरको प्रमुख आतिथि रहेको कार्यक्रममा किराँत राई यायोक्खाका का.बा अध्यक्ष लोक ब. राईको स्वागत तथा महासचिव प्रदिप कुमार राईको संचालनमा संपन्न कार्यक्रमको सभापतित्व किराँत याक्थुङ चुम्लुङका अध्यक्ष मान कुमार आङ्बो लिम्बूले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %