दुर्गा तिवारी स्मृति खुल्ला भलिवल प्रतियोगिताको उपाधी उदय मोवाईल्सलाई !

Read Time:2 Minute, 43 Second

 

गोविन्द घर्ती


Image may contain: one or more people, people playing sport, basketball court, crowd, sky and outdoor


देवदह, माघ २२ – तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव स्थलमा संचालन भएको दुर्गा तिवारी स्मृति खुल्ला भलिवल प्रतियोगिताको उपाधी उदय मोवाईल्स सेन्टर पर्सावल नवपरासीले जित्न सफल भएको छ ।

फाईनल खेलमा उदय मोवाईल्स सेन्टर पर्सावल नवलपरासीले मणिमुकुण्ड निलो शंकरनगरलाई हराउदै उपाधी हात पारेको हो । फाईनलमा खेलमा ३–१ को सेटमा उदय मोवाईल्स सेन्टर पर्सावल नवलरासीले जित्न सफल भएको हो । फाईनल खेलमा उदय मोवाईल्स सेन्टर पर्सावल नवलरासीले २५–२१, २५–२०, २५–१२ मा तिन सेट जितेको थियो भने, मणिमुकुण्ड निलो शंकरनगरले २५–२३ मा एक सेट जित्न सफल भएको छ । विजेता उदय मोवाईल्स सेन्टर पर्सावल नवरासीले ७० हजार र उपविजेता मणिमुकुण्ड शंकरनगरले ५० हजार हात पारेको छ ।

सेमिफाईनल खेलमा उदय मोवाईल्स सेन्टर पर्सावल नवलपरासीले व्रेभ गोर्खालाई हराउदै र मणिमुकुण्ड निलोले मणिमुकुण्ड रातोलाई हराउदै फाईनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा व्रेभ गोर्खा बुटवल तृतिय भएको छ । खेलमा व्रेभ गोर्खाले मणिमुकुण्ड रातोलाई २५–२०, २५–१७, २५–१७ मा सोझो ३ सेट जित्दै तृयित भएको हो । जित संगै व्रेभ गोर्खा बुटवलले ३० हजार प्राप्त गरेको छ ।

कार्यक्रममा लायन्स क्लव देवदहका अध्यक्ष विष्णुप्रसाद पौडेलले विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गर्नु भएको थियो । लियो क्लव अफ देवदहको आयोजना र तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव मूलआयोजक समितिको सहयोगमा मेला स्थलमा प्रतियोगिता भएको थियो । लियो क्लव अफ देवदहका अध्यक्ष दिपेश मल्लको अध्यक्षता र लायन्स क्लव देवदहका अध्यक्ष विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %