देव पचभैया
पाल्पा, माघ २१ – २७ घर मगर बस्ती रहेको एउटै गाउका २६ युवा विदेशिएपछि उत्तरी पाल्पाको खानीगाउ ३ टॉकीचौर गाउ अहिले उजाडिएको छ । १५ बर्ष अघि सम्म धान, कोदो,तोरी मकै , गहु लगाएत तरकारी खेतीले हरियाली हुने खेतवारी अहिले बाझिएका छन् । गाईघाट खोला बाट गाउमा आउने कुलो सुकेको बर्षौ भैसक्यो । काम गर्न सक्ने बलिया युवा जागिरको खोजीमा खाडी पसेपछि गाउमा बुढाबुढी , महिला र बालवालीका मात्रै छन् ।
रानीघाट दरवार देखि आधा घण्टाको ठाडो उकालो पैदल हिडे पुगिने टाकीचौर आउन सदरमुकाम तानसेन देखि जिपमा डेढ घण्टा लाग्छ । छोराहरु बिदेश पसेपछि गाउमा पिढिकुरुवा बनेका बुवाआमालाई यति कष्ट छकि बिरामीहुदा समेत तातोपानी खुवाउने कोही छ्रैन । बस्तुभाउलाई घासदाउरा गर्ने पर्ने, बिहान पकाउछु, साझलाई राख्छु, साझ पकाउछु, विहानलाई पुग्छ, एक्लै भएपछि गाउलेले एक्ला बजै भनेर बोलाउने ५९ बर्षिया लाली थापाले भन्नुभयो सघाउने कोही छैनन्, जे दुख छ आफैलाई छ ।
प्राय सबैघरका युवा विदेशिएका छन् । भएका तीन भाई छोरा विदेश पठाएका कृष्ण बहादुर थापाको अनुभवमा नेपाल बसेर केही फाईदा नभएपछि सबै केटाहरु प्रदेशिएका हुन् । स्थानिय शिक्षक समेत रहनुभएका थापाले विदेश जाने चलनले एस,एल,सि नदिदै युवाहरु बाहिरिएको बताउनुभयो । एक दुई जनाले मात्रै क्याम्पस पढेका छन्, उहाले भन्नुभयो नत्र आठ दश पढ्दै बाहिरिएका हुन् ।
विदेश गएका युवाहरु मध्ये १७ जना दुबै,कतार र मलेशिया पुगेको र अरु भारत पसेको स्थानिय वल बहादुर थापाले जानकारी दिनुभयो । उति बेला छिमेकी गाउमा भन्दा टाकीचौरमा खुव धेरै मकै र धान फल्थ्यो । काउली मुला, गाजर र तरकारी किन्न कालीपार ( स्याङ्गजा ) बाट पनि ग्राहक आउथे । अहिले काम गर्ने मान्छै छैनन्, ८५ बर्षिय टिकाराम रानाले भन्नुभयो खेतवारीका झाडी सफा गरम् भन्दा कसैले मान्दैनन्, अल्छीलाई खुव सुख भएको छ ।
गाउमा मर्दा पर्दा काम गर्नेको निकै खाचो छ । खेतवारी जोत्न र विरामी पर्दा अस्पताल पुर्याउने मान्छेको अभावमा छिमेकी गाउबाट सहयोग माग्नु परेको स्थानिय सुरेन्द्र थापाले बताउनुभयो । साउदी, दुवै र कतारमा गरी ७ बर्ष बसेका सुरेन्द्र एक महिना अघि मात्रै घर फर्किनुभएको हो । साथी भाई सवै गएपछि रहर लाग्यो, थापाले भन्नुभयो गएपछि बाध्यता हुन्छ, परिवार संझिएर के गर्नु साहुको ऋणले उतै भुलाउदो रैछ ।
गाउका यति धेरै युवा बिदेश गएपनि उपलब्धी भने खासै नभएको स्थानियले बताए । विदेश भएका मध्ये दुई चार जनाले वजारमा घर जग्गा जोडे नत्र केही भएको छैन, ३५ बर्षिया सिता थापाले भन्नुभयो उताको कमाईले छोराछोरी पढाउन र घर खर्च चलाउनै ठिक्क भएको छ ।
मगर बस्ती मात्रै रहेको टाकीचौर गाउमा मात्रै हैन ब्रामण क्षेत्री मात्रैको बसोबास रहेको गाउमा पनि युवाको खडेरी छ भन्ने उदाहरण खानीगाउ गाविसकै वडा नम्बर ९ कल्लावारी गाउलाई हेरे पुग्छ । २५ घर रहेको यो गाउका प्राय सबै युवा विदेशीएका छन् । विरामी पर्दा मात्रै हैन, वर्खामा घर पस्ने भल छेक्ने कोही छैनन्, एक्ला छोरा समेत दुवै गएको बताउने ६७ बर्षिय अग्नी बहादुर क्षेत्रीले भन्नुभयो बुढाबुढीको मात्रै गाउ बनेको छ ।
धन्न गाउमा गाडी आयो, नत्र के हुन्थ्यो ? क्षेत्रीले भन्नुभयो हलो गर्ने बित्तिकै गाडी आउछर हो नत्र विरामी परे सिधै घाट लगे हुन्थ्यो । छोरो विदेश गएपछि नाति नातिना च्यापेर बुहारी सहर पस्दा गाउमा बुढाबुढी मात्रै भएको स्थानिय खानीगाउ आधारभुत बिधालयका निमित्त प्रअ नल वहादुर साठीघरेले बताउनुभयो । हाम्रै स्कुलमा ३ सय बढी बिधार्थी थिए, अहिले घटेर शय पनि छैनन्, उहाको दुखेको छ, यस्तै अवस्था रहे विधार्थीको अभावमा बिधालय बन्द गर्ने अवस्था आउने देखिएको छ ।