दुर्गा तिवारी स्मृति खुल्ला भलिवल प्रतियोगिता जारी !

Read Time:1 Minute, 47 Second

 

गोविन्द घर्ती

देवदह, माघ २१ – तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव स्थलमा संचालन भएको दुर्गा तिवारी स्मृति खुल्ला भलिवल प्रतियोगिता फाईनलमा मणिकुण्ड निलो र उदय मोवाईल्स सेन्टर पर्सावल प्रवेश गरेको छ ।

 लिग सिस्टमको आधारमा खेलाईएको खेलमा मणिकुण्ड निलो र उदय मोवाईल्स सेन्टर फाईनलमा प्रवेश गरेको हो । पहिलो सेमिफाईनल खेलमा उदय मोवाईल्स सेन्टरले व्रेभ गोर्खालाई हराउदै फाईनलमा प्रवेश गरेको हो । खेलमा उदय मोवाईल्स सेन्टरले २५–२०, २५–२३, २५–२० को तिन सेट जित्न सफल भएको थियो भने, व्रेभ खोखा बुटवलले २५–२३ मा एक सेट जित्न सफल भएको थियो ।

त्यस्तै दोश्रो सेमिफाईनल खेलमा मणिमु्ण्ड निलोले मणिमुदण्ड रातो हराउदै फाईनलमा प्रवेश गरेको हो । खेलमा मणिमुकुण्ड निलोले २५–१६, २५–१८, २५–२२ को तिन सेट जितन सफल भएको थियो भने, मणिमुकुण्ड रातोले २५–२२ मा एक सेट जित्न सफल भएको थियो । उदय मोवाईल्स सेन्टर पर्सावल र मणिमुकुदण्ड बुटवल वीच फाईनल खेल हुनेछ भने, ब्रेभ गोर्खा बुटवल र मणिमुकुदण्ड रातो वीच तृतियको लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %