गोविन्द घर्ती
देवदह, माघ १९ – तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७३ मा दुर्गा तिवारी स्मृति खुल्ला भलिवल प्रतियोगिता शुरु भएको छ ।
लियो क्लव अफ लर्डबुद्धको आयोजना र तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव मूलआयोजक समितिको सहयोगमा मेला स्थलमै भलिवल प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका वीच रुपन्देही खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ्गले उद्घाटन गर्नु भएको हो ।
लियो क्लव अफ लर्डबुद्धका अध्यक्ष दिपेश मल्लको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुल आयोजक समितिका अध्यक्ष कोषबहादुर गुरुङ्ग, नेकपा एमालेका जिल्ला सदस्य चिनबहादुर गुरुङ्ग, केशव भट्टराई लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कृष्ण पौडेलको स्वागत र प्रकाश भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । उद्घाटन खेलमा लाफा समुह बुटवल विजयी भएको छ । लाफा समुहले गोधुली युवा क्लव सखुवानीलाई २–१ को सेटमा जित हात पारेको हो ।
खेलमा लाफा समुहले २८–२६, २५–२० मा २ सेट र सखुवानीले २७–२५ मा एक सेट जित्न सफल भएको थियो । प्रतियोगितामा प्रथम हुनेले ७० हजार, द्धितिय हुनेले ५० हजार र तृतिय हुनेले ३० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।